Above Article Ad
  • लालझाडीमा श्री जुनेली महिला कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • लालझाडी -कंचनपुरको लालझाडी गाउँपालिका-२, कसवा स्थित श्री जुनेली महिला कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सोमबार संस्थाको प्राङ्गणमा शेयर सदस्यहरुको बाक्लो सहभागितामा सहकारीको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • सहकारीकी अध्यक्ष बालकुमारी देवि रानाको सभाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य तारा लामा तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको विशिष्ट अतिथीमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनुभएको थियो । त्यस्तै कारीटास नेपालका कर्मचारी छेगुरा चौधरी ,निड्स नेपालका कर्मचारी दिपक चौधरी लगायतका व्यक्तिहरु अतिथीमा आसिन हुनुहुन्थ्यो ।

    Article inline ad #2

    कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य माननीय तामाङले  सहकारी हाम्रो हो भन्ने सोचको विकास गरि बचत र शेयरपुँजी बढाउन शेयर सदस्यहरुलाई अनुरोध गर्नुभएको थियो ।

    उहाँले  कर्जा पाउने लोभले धेरै सहकारीमा आवद्ध हुने गरेको देखिन्छ ।  त्यस्तो नगर्न र कर्जा लिएपछी आयमुलक काममा मात्रै लगानी गर्न शेयर सदस्यहरुलाई सुझाव दिनुभएको थियो ।

    सहकारीहरुमा पनि एउटै प्रकृतीको कारोबार हुँदा संस्था  डुब्ने सम्भावना हुन्छ । बचत-ऋणलाई फोकस भन्दा सबै सहकारीको समन्वयमा फरक-फरक उद्देश्य राख्न सके अझै संस्थाको स्तरोन्नति हुन्छ । उहाँले भन्नुभयो ।

    त्यस्तै, मन्तव्यका क्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले सहकारीको नारा अनुरुप हामी जान सके व्यक्तिगत जिवनस्तर सुधार मात्रै नभई यस क्षेत्रको विकास हुने बताउनुभयो ।

    सहकारीमा इमानदारी र अपनत्व हुनुपर्छ  । सहकारीले राम्रो गर्दै गए पालिकाबाट गर्न सकिने सहयोगका लागि आफु सकारात्मक रहेको उहाँले बताउनुभयो ।

    त्यसैगरी,बचत के हो,बचत किन गर्ने भन्ने नै कसैलाई थाहा थिएन । अहिले सहकारी तर्फ महिलाको आकर्षण  बढ्दै गईरहेको अतिथीहरुले बताउनुभएको थियो ।

    ३२ जनाबाट सुरुवात भएको सहकारीमा हाल २ सय २२ शेयर सदस्य,४ हजार ६ सय ९४ शेयर कित्ता बाड्न सफल भएको  छ । भने झण्डै दुई लाख मुनाफा गरेको सहकारीले आर्थिक वर्ष २०८०/२०८१ को १ करोड ४० लाख ७ हजार १४७ रुपैयाँको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

    संस्थामा नियमित र बढी बचत गर्ने  ९ जना सदस्यहरुलाई दोसल्लाले सम्मान गरिएको सो कार्यक्रममा संस्थाकी लेखा संयोजक अमृता बडायकले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको कार्यक्रमलाई सञ्चालन संस्थाकी सञ्चालक सदस्य सरस्वती रानाले गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by