Above Article Ad
  • पुनर्वासमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाँच शिबिर सम्पन्न

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाँच शिबिर सम्पन्न भएको छ । पुनर्वास नगरपालिकाको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एन.एन.एस.डब्लु.ए) को प्राबिधिक सहयोगमा उक्त शिबिर सम्पन्न भएको हो ।
    शिविरमा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले पालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको अवस्था पहिचान, तथ्याङ्क संकलन र उनिहरुलाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरेको बताउनुभयो । पालिका भित्र विभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्तिहरु रहेको बताउदै, उनिहरुको आवश्यक्तालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरीएको उहाँले बताउनुभयो । पहलो चरणमा शिविर मार्फत छनोट भएका सम्पुर्णलाई सामाग्री हस्तानन्तरण गर्न नसकिए नयाँ आर्थीक बर्षमा पुनः कार्यक्रम मार्फत सबैलाई आवश्यक्ता अनुसारको सामाग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता नगरप्रमुख शर्माले गर्नुभयो ।
    यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघका प्रतिनिधि टेक बहादुर बुढाले अपाङ्गताको स्तिथी, प्रकृती अनुसार प्राविधिक हिसाबले नै उनिहरुलाई आवश्यक पर्ने सामाग्रीहरुको नाँपजाच संगै रेकर्ड गर्ने काम गरीएको बताउनुभयो । सुदुरपश्चिम प्रदेशभरी नै एन.एन.एस.डब्लु.एले यसरी काम गर्दै आएको उहाँले बताउनुभयो । पालिकाको सहयोगमा शिविर मार्फत छनौट भएका ब्यक्तिहरुलाई पालिकाको बजेट, नियम अनुरुप नै उनिहरुलाई आबश्यक्ता अनुसारको सामाग्रीहरु बितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । आइतबार भएको शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाँच शिबिरमा ६१ जनाले सेवा लिएका छन् । उनिहरुले आफुहरुको आवश्यक्ता अनुसारको सामाग्रीहरु निशुल्क रुपमा पाए दैनिक जिवनयापना ठुलो सहयोग पुग्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button