
समुदायमा डिजिटल साक्षरताको महत्व
घटना नं १ः बर्दियाको बारबर्दिया नगरपालिकाको वडा ३ को एउटा समुदायमा त्यहाँका केही मानिसहरुलाइ whatsapp मा म्यासेज आउँछ जसमा लक्कीड्रअ मा परेको र ३० लाख जितेको भन्ने सन्देश हुन्छ । संगै फोन पनि आउँछ र त्यसमा कोही व्यक्तीले मानिसहरुको नामनै लिएर “लक्कीड्रअ मा ३० लाख जितेको र उक्त रकम पठाउन लागीएको हुँदा उक्त पैसा ट्रान्सफर गर्नका लागि कर तिर्नु पर्ने भएर १ लाख रुँपैया विजेताले दिनु पर्छ” भनेर भनीएको हुन्छ ।
यसै शिलशिलामा उक्त समुदाय की एक जना महिला रमिला बैधले (नाम परिवर्तन) उक्त फोनबाट भनीए बमोजीम म्यासेजमा आएको खाता नंबरमा गाउँकै बचत समुहबाट १ लाख रुपैँया ऋृण लिएर पैसा पठाउनुहुन्छ ।
पैसा पठाउनुहुन्छ तर जितेको भनीएको पैसा आउँदैन । उहाँ जस्तै अन्य ३ जनाले ३० हजार पठाइ सक्नु भएको थियो । रमिलाले जितेको भनिएको पैसा नपाएपछी भने बल्ल यो त ठगी रैछ भनेर अरु ३ जनाले अरु थप पैसा पठाउदैनन् ।
घटना नं २ः गुलरिया नगरपालिकाको वडा १२ को टढुवा गाउँमा एक जना स्थनीय लाइ यसै गरि whatsapp मा म्यासेज आउँछ जसमा लक्कीड्रअ मा परेको र २० लाख जितेको भन्ने सन्देश हुन्छ । उहाँ जनप्रतिनिधि पनि हुनुन्थ्यो । म्यासेजमा उहाँको सम्पुर्ण व्यक्तीगत जानकारी सहित म्याज र कल पनि आउँछ ।
उहाँलाइ उक्त फोनमा “तपाइले २० लाख जित्नु भएको छ, तपाइको पैसा पठाउनका लागि खाता नंबर दिनुस भनीन्छ ।” उहाँले यो ठगीहो भन्ने थाहा पाएर पनि के हुने रहेछ भनेर आफ्नो एक बैँकको खाता विवरण पठाइदिनुहुन्छ जुन खाता ४ बर्ष देखी ब्लक थियो, पैसा पनि थिएन र त्यो नविकरण गरिएको थिएन ।
खाता नंबर पठाइएको केही घण्टामा उक्त नंबर बाट whatsapp मा फोन आउँछ जसमा भनीन्छ “म्याडम हजुरको खातामा कत्ती पनी पैसा छैन त्यस खातामा २० हजार हाल्नुहोला अनि मात्र हामीले हजुले जितेको पैसा पठाइदिन सक्छौँ ।”
घटना नं ३ः कैलालीको एक गाउँपालिकाका कर्मचारीलाइ पनि यसै गरी लक्की ड्रमा पैसा जितेको म्यासेज आउँछ । कोभीडको समय उक्त कर्मचारी क्वारेन्टाइन्मा थिए । उनले साथीहरुलाइ देखाउँछन् । यस्तो म्यासेज आएको छ कतै मैले ५० लाख पाउने त हैन भन्ने उनलाइ लाग्छ।
साथीहरुले पनि केके जानकारी माग्छ देउ बरु केही सहयोग चाहिए हामी पनि गरौँला अनि पैसा बाँढौला भन्दिछन् । यसो त खातामा पैसा कत्ती पनि थिएन । उक्त कर्मचारीको तलब पनि निकास भएको थिएन । यस्तो अबस्थामा त्यती धेरै पैसा पाउने भएपछी whatsappको व्यक्तीलाइ तलब निकासा हुने बैँक खाताको विवरण उपलब्द्ध गराउँछन् । फेरी whatsappको ब्यक्तीले “हामीले एउटा कोड पठाएका छौ त्यो नंबर पठाउनुस अनि हजुर भेरीफाइड भए पश्चात पैसा आउँछ” भनेर उक्त कर्मचारी संग OTP पिन माग्छन् ।
उनले पनि भने बमोजीम गर्छन् । हप्तौँ वित्छ तर पैसा आउँदैन । उनि क्वारेन्टाइन बाट पनि निस्कन्छन् । यता पालीकाले तलब निकासा गरीदिन्छ । तलब निकासा गरेको दिन उनि पैसा निकाल्न बैँक पुग्छन् त उनको खाता रित्तीसकेको हुन्छ । खातामा कत्ती पनि पैसा हुँदैन । लेखा शाखा लाइ भन्छन् “मेरो तलब किन नहालीदिएको भनेर” तर तलब निकासा भैसकेको विवरण पाए पश्चात उनलाइ लोभमा परेर सबै विवरण उपलब्द्ध गराएको झल्यास्स याद आउँछ । प्रहरीमा पनि पुग्छन तर केही उपाए लाग्दैन ।
घटना नंबर ४ः कन्चनपुरको लालझाडी गाउँपालिकाको एक गाउँमा मोहन रानालाइ (नाम परिवर्तन) फेसबुक बाट कसैले म्यासेज गर्छ । जसमा आइफोन प्याक गरेको भिडियो सहित “यो तपाईले जित्नु भएको छ, हामीले नेपाल पठाउँन लागेका छौँ । कृपया यो whatsapp नम्बरमा म्यासेज गर्नु होला”भनेर । उनले सबै भिडियो देखिसकेपछि अनि उक्त मानिसले आफ्नो सबै विवरण सहित बोलेको देखे पछी लालाहीत हुन्छन् ।
अनि कुराकानी सुरु गर्छन् whatsapp मा । कुरा गर्दै जाँदा आइफोन सहित केही रकम पनि उनलाइ पठाइएको हुँदा उक्त रकम एयरपोर्ट बाट बाहिर ल्याउन ट्याक्स तिर्नु पर्ने हुँदा ३० हजार पठाउन उनलाइ लागाइन्छ । यत्रो लाख लाखको फोन अनि अझ पैसा पनि भनेपछी उनले एक जना साथी संग सापटी गरेर पैसा पठाइदिन्छन् । फेरी अर्को दिन पनि उसैगरी भिडीयो आउँछ र त्यहाँ भनिएको हुन्छ “हामीले यसरी ल्याउन लागेको प्रहरीले मानिराको छैन ट्याक्स रकम पुगेन भन्दैछन् त्यसैले अरु ५० हजार जति पठाउन पर्यो। ” अब उनलाइ आपत पर्छ सापटी गरेर ३० हजार पठाइसकेका हुन्छन् ।
अर्को ५० हजार कहाँ बाट जुटाउने । फेरी उनले उनैसाथीलाइ भन्छन् “मलाइ त अरु ५० हाजर चाहिन्छ भन्छ, छिट्टै नपठाए उपाहार फीर्ता जन्छ रे के गरम ?” अब यो सब ठगीहो भन्ने कुरा उनका साथीले पहिल्याउँछन् र एयरपोर्टमा आफ्नो मान्छे भएको र त्यहाँ उनै मान्छे संग भेटेर उपहार दिन whatsapp को ब्यक्तीलाइ भन्छन् । तर उता बाट उत्तर आउँछ “यो अनलाइन बाटै हुन्छ, हामी तपाई भएकै ठाउँमा सामान पठाइदिन्छौँ ।” यती भनेपछी रानाले पैसा पठाउँदैनन् । र उक्त नंबर ब्ल्क गर्दिन्छन् ।
यी माथिका केही प्रतिनिधिमुलक घटना हुन जुन अनलाइन ठगीको एउटा हाँगा मात्र हो । र यी गाउँघरमा मानिसहरु ठगीएका सत्य घटना हुन् । विभिन्न प्रलोभनमा परेर मानिसहरु ठगीएका छन् । यसरी लाखौँ पाउने भएपछी मानिसहरुले आफ्ना बैँक विवरण उपल्बद्ध गराउँदा वित्तिय जोखिममा पर्ने गरेका छ्न् ।
रुमसनले स्थानिय पालिका र रेडक्रस संगको समन्वयमा बर्दिया, कैलाली र कञ्चनपुरका विभिन्न ३० वटा समुदायमा Digital Finance Literacy सम्बन्धी कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रममा डिजिटल सेवा बाट हामीले गर्ने कारोबारको महत्व र सम्भावीत चुनौतिहरुका विषयमा मुख्य गरि सहभागीहरुलाइ अभिमुखिकरण गरिएको थियो ।
प्रविधिको विकास संगै जति सहजता दैनिक जिवनमा छ त्यतीनै जोखिम पनि बढ्दो छ । गाउँ घरमा मानिसहरु यहि प्रविधिको सिकार भएका घटना धेरैनै रहेकाे छ । अनलाइन फ्रडमा परेर मानिसहरुले लाखौँ लाख गुमाएका घटना यस कार्यक्रम दौरान सहभागीहरुले बताउनु भएको थियो ।
हामीले प्रविधिकाे सवल पक्षलाइ जति मुख्यताका साथ राख्छौँ त्यतीनै यसबाट हुने जोखिमलाइ ध्यानमा राखेर समुदायमा अभिमुखिकरणको आवस्यकता देखिएको छ । आँफुलाइ भएका घटनाहरु अरु संग न बाढ्ने र कतै मजागको पात्र बन्छु कि भनेर यस्ता ठगीका विषय समुदायमा नबोलीने हुँदा पनि अझ समस्या विकराल अबस्थामा रहेको छ ।
रुमसनले आयोजना गरेको यस कार्यक्रम ३० वटै समुदायका लागी पहिलो थियो । सहभागीहरु विच के कसरी ठगीहरु बढीरहेको छ भन्ने विषयमा छलफल चलाउँदै जाँदा, उनिहरु स्वयमले आँफुलाइ र आफ्ना नजिकका लाइ भएका धेरै घटना हरु सुनाएका थिए । जस मध्यः प्रलोभनमा परी ठगीएको विषय, फेसबुक ह्यक गरेर पैसा ठगीएका विषय, आफ्ना व्यक्तीगत विवरण सुरक्षीत नगर्दा ऋृणमा परेका विषय, उपहारका नाममा पैसा ठगीएका विषय लगाएत गाउँघरमा विभिन्न संस्थाको छदम्मे भेषमा आइ ठगी गर्ने कार्य भएकाे समेत सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा विभिन्न उपाए लगाएर ठगी गर्नेहरुले ठग्न सक्ने विभिन्न तरिकाका विषयमा छलफल चलाउँदै गर्दा सहभागीहरु बढो चाँसो दिएर सुन्ने गर्दथे । सहभागीको चाँसो र जिज्ञासालाइ हेर्दा समुदायमा मानिसहरुलाइ यस विषयमा सचेत पार्नु महत्वपुर्ण रहेछ भन्ने प्रष्ट हुन्छ ।
अझ कार्यक्रम पश्चात नयाँ कुरा थाहा पाएकोमा हँसीलाे मुहार गर्दै सहभागीले दिएको प्रतिकृयाले यस्ता विषयमा स्थनीय सरकार र अन्य सरोकार निकायले थप कार्य गर्नु पर्ने देखिन्छ ।
गाउँघरमा एउटा चलननै रहेछ । कार्यक्रममा सहभागी भएका अधिकांस सबै समुदायका मानिसहरुले आफ्नो फोन विग्रीए पछि कवाडी अर्थात पुराना सामान साट्ने व्यक्तीहरुलाइ ५०/ ६० रुपैँया पर्ने कटौरा तथा गिलास संग साट्ने रहेछन् । अझ मोबाइल फोन एन्ड्रोइड नै हुन पर्ने रे । यसरी मानिसहरुले चल्दा चल्दैको मोबाइल विग्रेपछी बनाउँदा पनि नबने पछी यतीकै फोन संग साट्ने रहेछन् । फोन व्यक्तीगत हुन्छ ।
त्यहाँ आफ्ना व्यक्तीगत विवरणका फोटो तथा गोप्य तस्वीर र भिडियो, अन्य महत्वपुरण जानकारी तथा कागजपत्रहरु हुन्छन् । तर मानिसहरुमा यत्तीकै फोन संग सामान साट्दा मोबाइलमा भएका डेटाहरु लिक भइ भोली समस्या झेल्नु पर्ने विषयमा सामान्य जानकारी समेत नरहेकाे पाइयो । यस विषयको उठान गर्दा बल्ल मानिसहरु “आहो हत्तेरीका” भनेर पछुताउन थाल्छन् र अब देखी यस्तो कार्य नगर्ने कुरामा सचेत हुन्छन् । भनिन्छ नि “सानोनै विशाल हुन्छ”। पक्कै पनि समुदायमा मानिसहरु ससाना विषयमा ख्याल नपुर्याउदा ठुलो जोखिममा पर्ने गरेकाछन् । हामीले यस्ता ससाना विषयलाइ उठान गरि कार्यक्रममा सहभागीहरुलाइ ठगी बाट बच्ने उपायका बारेमा जानकारी गराएका थियौँ ।
जानकी गाउँपालिकाका विपद् सम्पर्क व्यक्ती नेत्र प्रसाद जैशी भन्नु हुन्छ – “रुमसन संगको सहकार्यमा जानकी गाउँपालिकाको विभिन्न समुदायमा हामीले डीजीटल ठगीका विषयमा कार्यक्रम संचालन गर्दै गर्दा मानिसहरुमा यस विषयमा सचेत पार्न सफल भएका छौँ ।
यस्ता खालको कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले पालिकाले पनि आगामी दिनमा रुमसन संग सहकार्य गरि फ्रडका विषमा सचेतना मुलक कार्यक्रम संचालन गर्ने योजना गरेको छ ।”
यस्तै कार्यक्रम संचालन भएको टिकापुर नगरपालिका विपद् सम्पर्क व्यक्ती निर्मला चौधरीले – “हामीले अहिले सम्म थाहा नपाएको विषय उठान भएको छ । रुमसन संगको सहकार्यमा संचालीत यस कार्यक्रम बाट समुदायमा मानिसहरु कुन हद सम्म ठगीको सिकार भैरहेका छन् भन्ने कुरा पालिकालाइ पनि जानकारी भएको छ । यो कार्यक्रम अत्यन्त महत्वका साथ लिएका छौँ ” भन्नु भयो ।
यसरी स्थानिय सरकारले पनि यस विषयलाइ अझ महत्वका साथ राखि नियमीत समुदाय केन्द्रीत कार्यक्रममा जोड्दै लानु पर्ने देखिन्छ ।
समुदाय सचेतना कार्यक्रम अन्तरगत रुमसनले लिएको यस अग्रसर्ताले मानिसहरुलाइ सचेत पार्न सफल भएको देखिन्छ । बजेट सिमितताका कारण अझै धेरै समुदायमा पुग्न नसकेता पनि जे जति समुदाय विच कार्यक्रम संचालन गर्न सकियो त्यहाँका सहभागी र सरोकार निकायले यसलाइ महत्वका साथ लिएको देखिन्छ ।
अच्यूत सुवेदी
कम्युनीटी म्यानेजर, रुमसन एसोसीएट्स ।