Above Article Ad
  • मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा सम्पन्न

    Above Article Content Ad
  • भक्तपुर – विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ ।

    तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए ।

    Article inline ad #1
  • दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले सेतो जामा लगाई खड्ग, ढाल, भाला, तरबारलगायतमा युद्धमा प्रयोग हुने हतियार हातमा बोकेर नगरका विभिन्न टोलमा युद्ध गरे जस्तै गरी तत्कालीन समयको युद्धकला प्रदर्शन गरिएको छ ।

    Article inline ad #2

    लायकु दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरे ।

    जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्ड लिएर नगर परिक्रमा गराइएको पमा नाइके श्रेष्ठले बताए । विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहने गर्दछ ।

    जात्रामा महानवमीको राति तलेजुमा महिषासुर राक्षसको प्रतिकका रूपमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोको समेत प्रर्दशनी गरी असत्य माथि सत्यको जित र अधर्ममाथि धर्मको जित भएको खुसीयालीमा महिषासुर दैत्यको छेदन गरिएको शिर र खुसीयालीमा युद्ध कला प्रर्दशन गर्दै नगर परिक्रमा गरिएको उनले बताए ।
    जात्राका अवसरमा बालकुमारी कालो ढुङ्गाको प्वालमा राखेर पमा नाइके श्रेष्ठले भुइफर्सी (कुभिन्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको कुभिन्डो प्रसादको रूपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेकाले कुभिण्डो लिनेको भीड लाग्ने गर्दछ ।

    जात्राको अन्तिममा भुइफर्सी (मार हान्ने) भएकाले यसलाई भुइफर्सी पालेगु जात्रा पनि भन्ने गरिएको स्थानीयले अर्जुन श्रेष्ठले जानकारी दिए । जात्रा अवलोकनका लागि स्थानीयवासीदेखि बिभिन्न ठाउँबाट आएकाहरुको ठूलो भीड लागेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6