Above Article Ad
  • सरकारको नहोस पिडित जनता प्रति व्यवस्था

    Above Article Content Ad
  • हरिधन कार्की (धनबहादुर)
    पुनर्वास–१,पुरैना, कञ्चनपुर

    राष्ट्रिय परिचय पत्र प्रत्येक नागरिकले बनाउनै पर्छ भन्ने हजुरको आज्ञा आदेश सुन्दा दुइटै बुढाबुढी २०७९ साउन ०२ गते विहानै ६ बजे पानीले भिज्दै प्रशासनमा पुग्यौ खचाखच लाईनमा सकी नसकी कु¥यौ, उभियौ । एकातिर सुत्नु, एकातिर गोडा तान्नु । फाराम पाउने भित्र ढोकामा, फाराम भर्ने बाहिर खोकामा, टिकट लाग्ने तेह्रको रुप्या २० अन्धेरको । रूपयाँ आनु–मानु उचित दस्तुर भित्रै व्यवस्था नहुन सकेको कारण के ? बर्षातको बेला, होस हराएका बुढा–बुढी, ग्वाल्या–गोठाल्या बुद्धिका हामी जनता, त्यो फारामको छाता–बर्साती बनाएर टाउकोमा राख्ने खालका काँधमा जुवा,जु काँछ ? “कस्तुरी कुण्डल बसे मृग पुढे बनमांहि ऐसे घट राम है दुनिया जानत नांहि ।” के भन्न खोजेको होला ? यो भन्नेले, लेख्नेले विचार गरौं । प्रत्येक जनता भित्र राम छ । म रामको काम गर्दैछु । भित्रकाले सोची काम गरे पछि हाम्रो काम हाम्रो रामले गर्दैछ, शान्त वातावरण हामीले वहाँलाई दिनुपर्छ । तबमात्र शान्त, शीतल मगजले विवेक पु¥याएर छिटो–मिठो काम गर्ने अवसर पाउँछ । कर्मचारी पनि रमाउँछ ।
    मैले देखे, लेखे । हामी सबैले आफुलाई सुधारौं । बिमारी तलदेखि माथि, माथि देखि तलसम्म प्रत्येक जन, मन सम्म जरा गाडेको देखिन्छ । जरामै रोग लागि सकेको छ भने हांगा–पात हराभरा हुन सक्दैनन । जरा भनेको हाम्रो केन्द्र हो, केन्द्र स्वस्थ्य हुनुपर्छ । जे होस त्यो दिन भित्र–बाहिर, तल–माथि, वरपर सबै लेफ्ट– राइट गरि फाराम भरियो । ल जानोस. ३–४ महिना पछी तपाइको परिचय. पत्र त्यै आउँछ । वड़ा कार्यालयमा सम्पर्क राख्नु भने घर फर्किर्यौें । ४÷५ महिनापछि वडा कार्यालयमा सम्पर्क गर्दै गर्दा आछैन भने । त्यत्तिकै समय बित्यो ।

    Article inline ad #1
  • अस्ति ०८१ आषाढको अन्त तिर गाउँका मान्छेबाट फाराम भरेकाले राष्ट्रिय परिचयपत्र पाइ सक्याछन तपाइहरू किन लिन जानु भएन भन्दा दुबै बुढा–बुढी दोश्रो पटक अटो चढेर प्रशासनमा आई बुझ्दा त्यो फाराम अब काम नलाग्ने फेरी अर्को फाराम भर्नु पर्ने, अर्को फाराम भर्नु पूर्व तपाईले स्टिकरवाला नयाँ नागरिकता फेर्नु पर्छ भन्दा निरास भएर बुढाबुढी घर फर्कियौं । घर फर्कदा वड़ा कार्यालयमा राम्ररी बुभन खोज्दा त्यो सब नागरिकता, राष्ट्रिय परिचय पत्रको भदौ मसान्तसम्म म्याद छ । नागरिकता बने पछी परिचय पत्र बन्ने हो । आज भोली तपाइहरुलाई अप्ठ्यारो लागे बिस्तारै बनाए हुन्छ, चिन्ता नगर्नोस भनेपछि घर फर्कियौ ।

    Article inline ad #2

    २०७९ साउन ०३ देखि अहिलेसम्म राष्ट्रिय परिचयपत्र र नागरिकता बनाउन नियमित आउनजानमै, खस्या– मस्यामै मेरा बुढाबुढीको रु १६ सय ९० खर्च भईसकेको छ । तर बन्न अझै बाँकी छ । कुनै कसैको ईसारा–ईसारामै ,भित्र–भित्रैबाट अति सरल तरिकाले भैजाने पनि बुझियो । कुनैको यस्तो दुर्लभ, असह्या बनाउनुको कारण के ? उपरोक्त १६ सय ९० रुपैयाको उपलब्धी के ? कसबाट यो असूल गर्ने ? यो पिडा, यो छटपटी मेरो मात्र हो कि अन्य पनि कुनै म जस्ता चुपचाप सहेर बसेका छन् यो पनि म बुझ्न चाहन्छु । भन्न सुन्न त राम्रै लाग्यो, सजिलो पनि राष्ट्रिय परिचय पत्र भए नागरिकता पनि न चाहिने रे, नागरिकताको विशेष आवश्यकता नै नपर्ने भएपछि पुरानो फेरेर नयाँ नागरिकता बनाउनै पर्ने बाध्यता किन ? बनाउनै पर्ने भएसमझदारी साथ वैज्ञानिक जमाना अनुरुप सुविधाका लागि नक्कल गर्नु नराम्रो हैन, सम्पूर्ण विश्व संसार एकार्काबाट सिको गरेरे, प्रेरित भएरै अगाडी बढेको हो । कृपया विचार गरौं भन्न त सजिलो छ, कन्न गा¥हो छ । झोली र खल्टी फाट्न सक्छ । “कन्याको चिरिन्छ, भन्याको के जान्छ” भने जस्तै सरकारको उच्च–निच्च सदनले मन्थन गरेर साररुपमा निकालेको निर्णय अथवा लक्षित गरीब जनतालाई अनावश्यक मगजमारी. अतिरिक्त बोझ र पीड़ा दिने हेतुले त हैन होला । त्योलाई सुलभ–सरह तरिकाले व्यवहारमा ढाल्ने काम र जिम्मेवारी त गाऊँ, नगरतन्त्रकै होला नि ?

    म दोहोरो, तेस्रो र चौथो पिडामा छटपटाइ दिन काटेको नागरिक हूँ । बाध्य भए, अब बोल्छु, लेख्छु, आजसम्म कसैलाई भनेन, कसैले सुनेन अब सुन्नु ।

    १– मेरो प्रथम पिड़ा–म जेष्ठ कनिष्ट छु । जन्मले ७५ मा चल्दैछु । नागरिकतामा ७० पार– मात्र जन्म पत्रिका र अस्पताल–शिक्षण र गंगालालबाट जन्म प्रमाणित गरेको साथमा छ ।
    २– दोश्रो अझै असह्य पीडाÞ सन् १९७४ मा महाराष्ट्र (भारत) को पूना बोर्डबाट एसएलसी गरेको मान्छे २०३५ सालमा गाविस सचिव तथा व.कि.कार्यकर्ता ६ महिने तालिममा पञ्चायत प्रशिक्षण केन्द्र नेपालगञ्ज बाकेबाट २ महिना तालिम पछी लोकसेवा आयोगले अमान्य ठह¥याई –लात हानी भगाएको पिडक परिणाम स्वरुप भिखारी–दुखारी भई पेश मेकर होल्डर मुटु रोगीलाई नियमित औपधि पनि दुर्लभ अवस्थामा पुगेको, आर्थिक अवस्था विपन्न, अनेकानेक विमारी सुसम्पन्न होनहार पेशन्ट म । तालिमबाट किन मेहरबानी गरेको मेरो श्री ५को सरकारले भनी अनुसन्धान गर्दा मेरो घनिष्ठ मित्रेले यो मान्छे राजतन्त्र विरोधी व्यवस्था विरोधी हो । नेपाली काँग्रेसको जनसम्पर्क समिति बम्बईसँग आबद्ध मान्छे हो । कानेखोजी दुई आँखा भन्ने भैगो सरकारलाई । म सक्रिय कार्यकर्ता पनि हैन, समर्थक साधारण सदस्य मात्र हु ।

    हाम्रो देशमा नक्कली सक्कली भएर मनपडी गरीरहेका, खून पसिनाको योग्यताको खान खोज्ने म जस्ता पिडितले रित्याएको पिडाले माओवादीमा लाग्दा बाँच्दा योग्यताको पुरापुरा लाभ लिन्थे । आज तपाईहरु जस्तै नेपडी–नेपडी सेवा निवृत्त हुन्थे । मेरे साथको मेरो भाई, मेरा साथीहरुसँग ।

    अस्ति ठिक एक महिना अघि २०८१ साउन २४ गते वडा कार्यालयबाट नागरिकताका लागि सबै आवश्यक प्रकृया पूरा गरी ईलाका प्रशासन कार्यालय त्रिभूवनबस्तीमा आई फाराम भरी प्रिन्टमा दिंदा तपाईको नागरिकता डडेल्धुरा बनेको कारण बुझ्न जिल्लामा पठाइन्छ, प्रत्युत्तर आउन अलि समय लाग्छ एक छिन बस्नोस भने । १ घण्टा पछि बुझ्न खोज्दा अझै आछैन भने, पानी पर्र्दैे थियो नेट चालीराछैन भन्ने सुन्दा १ घण्टा फेरी कुरे, नेटले काम गरेन, यसमा कर्मचारीको दोष छैन उनी स्वयं दिक्क हुन्छन । मैले भने बाबु ठिकान छैन साढे तीन चार बज्न लाग्यो, मलाई भोक पनि लाग्यो के गरौं भन्दा फोन नम्बरं लगेर जानोस, हतार भए आफै सोध्नोस् नभए चार दिन पछÞी फोन गर्नोस भने, म फर्की आए । २०८१÷०४÷२७ गतेको कुरा हो यो । ४ दिन पछि ३० गते ३२ गते अनि भदौ २ गते पनि फोनलाई बुझ्न खेोजे । फोनले सुन्यो, गल्ति गरेन, निर्जिव साधन ढुंगा–मुढाले भने आफ्नो धर्म–कर्तव्य पालन गर्ने, सजीव, चेतन प्राणीले चेत समाली साधन गर्दा बुद्धबाट समबुद्ध (गौतम बुद्ध) हुन सक्ने सर्वोत्तम सामथ्र्य चोला मानव प्राणीले उट्ट्याईभ्मा आफ्नो अर्काको अमूल्य समय–सम्पत्ति उडाइदिने, खेर फाल्ने ? गौतम बुद्ध (सिद्धार्थ गौतम बुद्ध ) ठाउँ छोडी, देश छोड़ी, नेपाल छोडी किन नेपाली भए? यसको सूक्ष्म अनुसन्धान हुनु पर्छ। उपरोक्त तिनै दिन घंटि बज्यो तर फोन उठेन (०९९–५६०१०६) किन उठेन ? यसको उत्तर चाहन्छु म । नउठ्ने भए नम्बर नदिनु पर्ने । किन सर्व साधारण जनतासंग यस्तो खेलबाड ? भनाइमा जनताको सेवा रे । अर्कोतिर हेर्ने हो भने जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग भत्ता, बालमैत्रीको सोच, बाढी–पहिरो–भुकम्प–आगजनी–दुर्घटना प्रति समवेदना, सहयोग उद्धार यथासंभव घटना घट्ने वित्तिकै सरकार तम तयार भएर कुरेर बसेकोछ अरबौ खरबौ सरकारले पोखिराछ किन ? के उपरोक्त क्षति–समस्या सरकारको कारणले हामीमा आइ परेको होत ? किन आज असाध्यै बोझ सरकारले बाध्य भई खुशी–बेखुशी बोक्न परी. राख्याछ ? प्रत्येक संचेत नागरिकले (अचेतले पनि सचेत भएर) कर्मचारीले, सरकारले सरकारका मुलीहरुले घरमा बनमा, सरकारमा, पार्टिमा, समाजमा (विश्वमा) बाड़ी–पहिरो किन अस्वभाविक अलक्षणिक घटनाहरू अचानक घटीराछन । गहिरो चिन्तन–मनन– मन्थनको खाँचो छ । मैले बुझे अनुसार प्रत्येक क्षेत्रमा मन मुखी ताल हाबी भएको देख्छु । शिक्षार्थि–शिष्य मान्न कुनै तयार छैन, आज प्रत्येक बाल वृद्ध आफुलाई नैं गुरु मान्ने अर्कालाई नसुन्ने, नबुझ्ने मानसिकताको विकास भएको छ । यो सब मूल जड़ा नैतिकता र अनुशासन कुहे–सडेकै कारण हांगा–पात सुक्न लागेका बुझेनुुपर्छ । नैतिक शिक्षा आध्यात्मिकता हाम्रो शिक्षा मीतिमा सामेल नभएसम्म हाम्रो भित्री वाहिरी उन्नति प्रगति असंभव छ ।

    धेरै जसा हर्षित जीवन बिताई व्यवस्थित बसीसकेका छन् । आहारा सहारा पाईसके छन् । कतिपय अधिकृत भई बिदा भए, केही अझै पनि छन तर मेरो अन्तर आत्माले मलाई त्यस्तो मर्ने–मार्नेहरुको चुलोको अन्न–पानी खाई बाच्ने तर्र्फ स्वीकृति दिएन बरू आफ्नै हात पाउ अक्कल चलाई खून पसिनाको रुखो–सुखो प्रसाद सम्झी खाई बाच्नेतर्फ प्रेरित ग¥यो । यो पनि मसँग प्रमाण छ ।

    कस्ता–कस्ता लाटा गाडा समेत २०५५–०५६ देखि ७० सालसम्म आर्मी प्रहरीको भर्ना खुल्दा कतिपय छनोट हुँदै गए , सोर्स फोर्सवाला ३÷३ पटक प्रयास गर्दा पनि मेरा दुई छोरा बाहिर फालिए । अझै हेर्नोस तपाइहरु समाज सामु केहि दाई भाईलाई उभ्याए ती छनोट गर्ने निकम्मा न्यायाधीशहरु लाजले लज्जित भएर मर्नेछन । टाउको उठाउन हिम्मत हुने छैन । द्रोपदी सामु भिष्म पितामह झै अवस्था त्यो न्यायाधीशहरूको हुनेछ । म त जनावर जस्तै गर्नमा परेन त ? खर खुसामद गरी पुच्छर फुर्काउनेमा परे आफ्नो मेहनतको फल चाख्नेमा परे। हाली मुखाली जसको छ नेपाल उसैको छ, जस्को लाठी उस्को भैस भन्थे, सुन्थे, मैले देखे सो लेखे ।

    चौथो पीडा, गुनासो नापी शाखा बाटो विस्तार निर्णायक समिति प्रति छ । मेरो मेरो घरेडीको क्षेत्रफल लाल पुर्जामा ७०० वर्गफुट लेखिएकोछ, त्यै अनुरूप सालसाले मालपोत तिरीराछु । २०७४–०७५ सालमा गाविस नगरपालिकामा परिणत हुंदा बाटो बिस्तार गर्दा माथि–माथीबाट काटी लग्दा साँढे पांच पौने छ सय भन्दा बढि क्षेत्रफल नरेहको ठहराएको छु । बाटो काट्दा अमीन सहित निर्णायक समितिले लाल पुर्जामा जति जसको छ, कतै पनि फरक पर्दैन, विकाश विरोधी काम कुरा कसैले नगरीदिनु होला भनी सबैलाई सहमत गराइ हस्ताक्षरबाट पनि नपाउँदा मैले गुनासो मर्काको अनुरोध नगरपालिकामा चढाएको थिए जसको फोटो कपी अझै मसँग छ । यो पनि मेरो पिडा छ । लाल पुर्जा, मालपोत अनुरूप जग्गा हुनुपर्छ यात नँया व्यवस्था अनुरुप सबै ठाउँ यसो भएको छ भने घटेको जमीनको मालपोत पनि घटाउनुपर्छ। सालसाले यो कुरा राख्ने गरेको छु, कसैले सुनेको छैन, के यसको समाधान बन्दुक पड्काउनु, ढुंगा हान्नु हो

    सरल नम्र मानवलाई दानव हुन, उग्र हुन बाध्य गराउने काम कसबाट किन भईराछ, भईरहन्छ ? यो बुभने विचार गर्ने काम कर्तव्य कस्को हो ? यो पनि मेरो सवाल छ । हजुर सामु

    पुनश्चः राष्ट्रिय परिचय पत्र, नागरिकता मेरो बनोस नबनोस म एक डेढ साल मात्र तपाईहरुसँग छु । हुनेको सल्लाह साँझ,नहुनेको प्रभात, बाज नगण्य चरा बाह्र कोष टाढा हिड्छ रे । कुखुरो मटाईनो हेर्छ । हामी सबै राजा खोज्नेवाला छौ । परन्तु कुखुराज नबनौ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by