विश्व भातृत्वको संकल्प लिइ अघि बढेको सिएमएस पुग्दा !
२०८० भदौमा सोमनाथ सरले असोजमा सिटी मन्टेश्वरी स्कुल लखनऊको भ्रमणको कार्यक्रम छ सर समय मिलाउनु होलाू भन्दा मनमा एक खालको तरङ्ग पैदा भईसकेको थियो । विशालकाय भवन,धेरै विद्यार्थी संख्या,उल्लेख्य शाखा भएको विद्यालय हेर्न पाउँने सुअवसरले मन हर्षित हुँदै गएको थियो । तारान्तार समय बित्दै जाँदा नेपालको राष्टिय बहाई समुदाय,बहाई शिक्षक तालिम केन्द्र,ठेचो ललितपुरबाट प्रेषित पत्र सहित पुनः सोमनाथ राना,रामसहाय राना(आबद्ध बहाई शिक्षक तालिम केन्द्र) सर पुगि कार्यक्रम बारे जानकारी गराउँदा लगभग कार्यक्रमको रुपरेखा जानकारी भएको थियो । २०८०।६।२२ देखी ऐ.२४ सम्म सिएमएस लखनऊको आवासीय भ्रमण हुने र बेलौरी न.पाबाट २ जना शिक्षक समेत सहभागी हुने जानकारी मिलेको थियो ।
छिमेकी लालझाडी र पुनर्वास पालिकाबाट समेत शिक्षक तथा शिक्षक कर्मचारी एवं जनप्रतिनिधिको सहभागिता रहने जानकारी पाउँदा मन झन उर्जावान भएको थियो । २०८०।६।२२बाट देखी हुने कार्यक्रममा सहभागिताका लागि २०८०।६।२१ मा गौरीफन्टा नाकामा बिहान १० बजे पुगि सक्ने जानकारी बमोजिम लालझाडी गा.पा.का समकक्षी मित्र र म पुगि सकेका थियौ । विभिन्न विद्यालयका शिक्षक,व्यवस्थापनका पदाधिकारी र जनप्रतिनिधि तोकिएको स्थानमा भेला भइ सकेका थिए । कार्यक्रम व्यवस्थापक सोमनाथ तथा राम सहाय सर सित भेट शिष्टाचार पश्चात केही समय सहभागी सबैको आगमनको पखाईमा व्यतित भयो । ईनोभा साना ठुला गरी ४ वटा गाडीमा आवश्यक चेक जाँच गराइ लखनऊका लागि अगाडी बढ्यौं । दुधुवा नेश्नल पार्कको जंगल बाटोमा करिब १ घण्टा जतिको लम्बाईको दुरीमा पर्दो रहेछ । ईनोमा गाडीमा लालझाडी,पुनर्वास पालिकाका समकक्षी मित्र क्रमशः कुवेर ब.बम र भक्त ब.रोकाया सहित राम सहाय राना,कृष्ण ब.कुँवर, हरीश महरा सर लगायत रोमाञ्चकारी गफ गर्दै अगाडी बढीराखेका थियौं । पलिया पुग्दा बाटो भरीको यात्राका लागि चाहिने भोजनरुपी उर्जा भण्डार गरी अगाडी बढ्यौं । त्यसै समयमा असोज २५ गते हुने विश्वकप क्रिकेट (दक्षिण अफ्रिका भर्सेज अष्टेलिया) हेर्न इच्छुकबाट प्रवेश शुल्क रु.५००। भा.रु.संकलनको कार्य भानु मा.वि.कञ्जका प्र.अ.वेद प्रसाद उपाध्यायले गरि राख्नु भएको थियो । सो स्थानमा रोटी,पनिर ,तरकारीको भोजन ग्रहण गर्दा समग्रमा नभइ एक एक आइटमका लागि छुट्टै मुल्य निर्धारण गरिएको थियो । सो पश्चात हामी पुनः आपसी कुराकानी सितै अगाडी बढ्यौंं । उत्तर प्रदेशको खिरी जिल्ला पश्चात सितापुर जिल्ला पर्दो रहेछ,सो जिल्ला अन्तर्गतको कमलापुर लगायतका स्थान छिचौल्दै अगाडी बढि रहेका थियौं ।
रिषिमुनीहरुको तपोस्थल नैमिशारण्य समेत लखनउ जाँदाका दौरान पर्ने सितापुर जिल्ला अन्तर्गतनै पर्दो रहेछ । अयोध्या,प्रयागराज समेतका ठाउँहरु पनि लखनऊबाट नजिक नजिकै पर्दा रहेछन् । हामी यात्रा गर्दाका दौरान एक चोटी गाडीबाट झरी विशाल रोडको समिपमा सामुहिक शेल्फी समेत लियौं । ३,४ वटा गाडीहरु लहरै अघि बढि राखेका,गाडीमा सवार सबै जना आपसमा विविध विषयका प्रसंगमा भलाकुसारी गरी राखेका सन्दर्भहरु स्मरणीय थिए । बेलुकी करीब ५ बजे तिर हामी लखनउ मेन सिटी नजिक पुगि सकेका थियौं,त्यहाँबाट हामीले कानपुर जाने मुल सडकलाई पछ्याई गन्तव्य सिएस लखनऊ ब्राञ्चका लागि अगाडी बढि रह्यौं । गुरुजी समेतलाई ठ्याक्कै पुरै आइडिया नभए पश्चात हामी सोध्दै,गुगल नक्साको सहारामा अघि बढेका थियौं । सिएमएस कृष्णानगरको मुख्य भवन तारन्तारको घुमाइले भेट्टयो ,दिनले आफ्नो दैनिकी पुरा गरी रात्रीलाई पालो सुम्पी सकेको अवस्थामा ।
सेता रंगका विशाल भवनहरुका बिचमा रहेको अतिथी गृहमा बस्ने व्यवस्थाबमोजिम भुइतलामा बहाई शिक्षक तालिम केन्द्रका संयोजक प्रभा चौधरी मेमले कोठाको साँचो दिइ हामीलाई स्वागत गर्नु भयो । पहिलो तलाको दायाँ तर्फको दोश्रो कोठामा बेलौरी ,पुनर्वास र लालझाडी पालिकाका शिक्षा शाखाका सहायक पाचौंको नाम अंकित प्लेटहरु अंग्रेजीमा मज्जाले सजाइएका थिए ,कोठाहरु समेत अटेच बाथरुम, एसी युक्त कुनै स्टार होटल भन्दा कम थिएनन् । हामी लगायत बर्दिया समेतबाट सहभागीहरुका नाम प्लेट यसै गरी सजाइएका थिए,कुन व्यक्ति कुन कोठामा छन भन्ने कुराको सहज जानकारीका लागि र कार्यक्रमका सहभागीमा सकारात्मक उर्जाको बढोत्तरीका लागि । हामी केही समयको रिफ्रेस पश्चात खाना खानका लागि ग्राउण्ड फ्लोरमा रहेको डायनिंग हलमा गयौं । टायल मार्बलले सजिएको सफासुग्घरयुक्त हलमा हामीले मज्जाले रात्रीको भोजन ग्रहण ग¥यौ । केही समय सहभागी अन्य शिक्षक समेत गरी सिएमएसको निस्वार्थ सेवाको भाव प्रसंगका सन्दर्भमा छलफल गरी रात्री निन्द्रामा विलाप भयौं ।
सिएमएसले आफ्नो नामबाट मिनरल पानीका गिलास समेत तयार गरेको थियो,जुन प्रत्येक कोठामा राखिएका थिए,बढो वार्म हस्पिटालिटी । हरेक तलामा जानका निम्ती लिफ्टफायर इस्ट्युंगर लगायतको मज्जाको प्रबन्ध थियो । चलो हम दुनियाँको स्वर्ग बनाए प्रेम से और प्यारसे भन्ने वाक्य मुल प्रवेश गेटको छेउमै लेखिएको थियो । हामीले समस्याको कारण नभएर यसको समाधानकर्ता हुुनु पर्ने जस्ता महान विचारहरु यत्रतत्र लेखिएका थिए । महात्मा गान्धीका आदर्श चिन्तन,विश्वभातृत्वको विषयलाई समेत मज्जाले उठान गरिएको थियो सिएमएसमा । प्रत्येक बिहानीमा योगा,मनलाई हर्षित गर्ने धार्मिक प्रेरक भजनहरु बज्दा रहेछन सिएमएसमा जस्ले पुरै वातावरण सुगन्धित पार्दो रहेछ । विद्यार्थीहरुका लागी स्वीमीङ पुलको व्यवस्था समेत अतिथी गृहको छेउमा रहेछ ।
२०८०।६।२२मा बिहान ८ बजे ब्रेकफास्ट लिइ हामी बाहिरी प्रांगणमा सामुहिक तथा व्यक्तिगत फोटो लिइ केही समय बाहिरी वातावरण अवलोकन गरी अडिटोरियम हलमा पहिलो दिनको कार्यक्रमका लागि प्रवेश गर्यौं । करीब ५०,६० हजार मानिस बस्न मिल्ने हल रहेछ सिएमएसमा ,जुन साजसज्जाको क्रममा थियो । हामी कार्यक्रम हलबाहिर एक छिन रोकियौं ताकि हल भित्र साजसज्जाको क्रम चलिरहेको थियो । विस्तारै हल भित्र प्रवेश गर्दा विशिष्ट व्यक्तिहरु बस्ने हल भन्दा कम्ती थिएन । प्रभा चौधरी,नेपालको काठमाण्डौमा लामो समय बसी हाल भारतमा बस्ने सिएमएस कर्मी सहजाद आलमले पहिलो सत्रमा सहजीकरण गर्नु भएको थियो । परिचयबाट अगाडी बढेको कार्यक्रममा सहभागी सबैलाई फुलमालाले स्वागत गरिेएको थियो । सो पुर्व प्रभु वन्दना समेत सामुहिकतामा गरिएको थियो । हरेक पलको फोटो खिच्नका निम्ति सिएमएसका फोटो ग्राफरहरु लागि परेका थिए । परिचय पश्चात उक्त दिनको कार्यक्रमको मोटामोटी जानकारी गराइएको थियो । ६० हजारको संख्यामा विद्यार्थी,२४ वटा शाखा लखनऊमै ,विशालकाय संरचना,विद्यार्थीहरुको बढ्दो क्रेजको रहस्य संस्थापक डा. जगदीश गाँन्धीले बताउनु भएको थियो । स्थापना सन् १९५९ ताका एउटा सानो ठाउमा केही विद्यार्थी सितै स्थापना भएको सिएमएस हालको अवस्थामा पुग्नुका आरोह अवरोहबारे गान्धीले मज्जाले प्रकाश पारेका थिए । एउटा विद्यालय मात्र नभइ एउटा ब्राण्डको रुपमा स्थापित सिएमएस कार्रा शिक्षा दिने मात्रै नभइ एक पुर्ण मानव निर्माणमा केन्द्रित रहेको,विश्व भातृत्वलाई प्रवर्धनमा अग्रसर रहेको ,सारा विश्व एक घर,सारा विश्वका मानिस त्यसका सदस्यको मान्यतालाई चरितार्थ गराउन सिएमएस लागि परेको जगदीश गान्धीको भनाइ थियो । हाल विश्वमा विभिन्न वहानामा भइ रहेका युद्ध,साम्प्रदायिक दंगाहरुले सारा विश्वकोनै विकासमा बाधा परिरहेको सन्दर्भमा यदि हामी विश्वलाई एक परिवारको संज्ञा दिइ अगाडी बढ्न सक्ने होभने सिमा सुरक्षा तैनाथी,बन्दोबस्तीमा खर्च हुने खरबौं खरब पैंशा मानव मात्रको हितमा उपयोग हुन सक्थ्यो,जुन समृद्ध विश्व निर्माणको एक आधारशीला बन्न सक्थ्यो भन्ने आश्यको वक्तव्य समेत डाँ गान्धीले राख्नु भयो । विश्वमा सामुहिक शान्ति,हित प्रवर्धन हुन सकोस भनि विश्वका प्रधानन्यायाधीशहरुको सम्मेलन समेत सिएमएसले गर्दो रहेछ । सर्व जन हिताय,सर्ववन सुखाय,बशुधैव कुटुम्बकम जस्ता लोकादर्शका मान्यतालाई अंगाली सिएमएस अगाडी बढीरहेको छ । विद्यार्थीहरुको सर्वांगीण विकासका क्रियाकलाप समेत निरन्तर हुदा रहेछन,नृत्य,गायन,खेल आदि । नारी शक्तिको महानतालाई मनन गरी सबै शाखामा महिलाहरुलाईनै प्रधान अध्यापकको जिम्मेवारी दिइएको रहेछ । पहिलो दिनको सत्रमा सिएमएस मुख्य गान्धी प्रिन्सिपल डाँ गीता गान्धीले समेत संस्थाका विविध पक्ष र शिक्षा स्वयम् जीवन हो भन्ने बारेमा विविध चर्चा गर्नु भयो । सिएसएससित आंशिक आबद्ध देवी(Dignity Education Vision International)संस्थानका २ जना टोम डिलेनी र मिलिटा हल्डरले अल्फा(एक्सीलिरेटड लर्निंग फर अल)ले दिनभरीमा बालबालिका स्वतः बोध गर्ने गरी बालमैत्री तवरमा कसरी सिकाउने भन्ने सन्दर्भमा प्रयोगात्मक,समुह अभ्यास र प्रवचन विधिबाट सम्झाउनु भयो ।
स्थानीयस्तरमै भएका सामग्री प्रयोग गरी हामी कसरी सिकाइलाई दिगो बनाउन सक्छौं भन्ने सन्दर्भमा समेत चर्चा भएको थियो । बच्चालाई अ को अवधारणा सिकाउनु छ भने अ अनार नभनी अनार अ संगै ज्ञातबाट अज्ञाततिर लानु पर्दछ । जोड,घटाउ,गुणन,भागका क्रिया सिकाउदा समेत घरायसी काठका टुक्रा,आइसक्रिमका खण्डा आदि प्रयोग गरी थप्ने,हटाउने ,भाग लगाउने गरी गर्यौ भने बच्चाले राम्ररी सिक्न सक्छन । यस्ता क्रिया सिकाउदा एकै चोटि धेरै अंकको भन्दा नि सानोबाट ठुलोको क्रममा लग्यौं भने सिकाइ प्रभावकारी हुने कुरा पनि बोध भयो । पठन सिपको विकासका लागि अभ्यास गराउँदा समेत सुरुमा थौरै अक्षरको शब्दबाट सुरु गरी पछि ठुलो अक्षरमा लादा विद्यार्थीले क्रमिकरुपमा दिगो खालको सिकाइ गर्न सक्ने आशयको समेत प्रस्तुती भएको थियो । सिएमएसको छुट्टै अभ्यास जुनियर युथ इमप्वारमेन्ट प्रोगाम जसमा माथिल्ला कक्षाका विद्यार्थीले तल्ला कक्षाका विद्यार्थीलाई सामाजिकताका विषयहरु सिकाउने,अनुभव आदान प्रदान गर्ने सन्दर्भको समेत जानकारी गराइएको थियो । बिहान कार्यक्रम सुरुवातीको केही समय पछि टिस्नेक्स,२ बजेतिर भोजन र बेलुकी ४ बजे तिर पुनः टि स्नेक्स समेत भएको थियो । उपरोक्त सिकाइका क्षेत्रमा छ्यासमिसेमा समुह विभाजन गरी अभ्यास समेत गराइएको थियो । अल्फा मोडलको परिचर्चा पुर्व मनपर्ने ठाउ,फिल्म ,पागिरको अवधि जस्ता कुरा लेख्न लगाइ सोको समानता कति जनामा कति प्रतिशत हुन सक्यो सो को समेत आँकलन गरिएको थियो । एक्सीरिलेटेड लर्निंगका पुस्तक समेत वितरण एवं देवी संस्थानका मुख्य व्यक्ति डा सुनिता गान्धी(पुर्व अर्थशास्त्री विश्व बैंक)को मन्तव्यसितै पहिलो दिनको कार्यक्रम बेलुकी ५ बजे समापन भएको थियो ।
पहिलो दिनको औपचारिक कार्यक्रम डां जगदीश र भारती गाँन्धीको जीवनी एवं सीएमएस प्रोस्पेक्टस तालिक प्रमुख प्रभा चौधरीबाट ग्रहण पश्चात एक छिनको रिफ्रेससितै कार्यक्रमका सहभागी सबै लखनऊकै ठुलो मल लुलु मल हेर्न गएका थियौं,जिपहरुमा,साथमा बर्दियाको मधुवन,बढैयातालका सहभागी समेत । बहुत ठुलो मल,तलै तलायुक्त आर्कष थियो ,हरेक तलामा गइ गु्रप र व्यक्तिगत फोटो लिइ रमाइलो गर्यौं । हरितपनालाई बढी महत्व दिइएको थियो,कृतिम हरिया रुखहरु ठाउंठाउंमा थिए मल भित्र,सुयो देखी सब्बल सम्मका सबै सामान पाउदो रहेछ । त्यस पछि हामी नजिकै रहेको फहरायुक्त मिनि पार्क समेत घुमी बेलुकी ९ बजेतिर निवास स्थल तिर पुग्यौं ,भोजन ग्रहण गरी गतिविधिको संक्षिप्त समिक्षा सितै रात्रीकालिन निन्द्रामा विलाप भयो ।
दोश्रो दिन २०८०।६।२३ को कार्यक्रम झ्यासमिसैमै नित्यकर्म सकाएपश्चात बिहान ७ बजे नास्ताबाट सुरु भएको थियो । शरीरका लागि चाहिने पोष्टीकतालाई ख्याल गरेर हरेक दिनका लञ्च,डिनर,ब्रेकफास्टमा विभिन्न स्वस्थ्यकर परिकारहरु पस्किइएका हुन्थे । सो दिन सिएमएसका विभिन्न बा्रञ्च र लखनऊका सरकारी विद्यालय भ्रमणको कार्यक्रम रहेको थियो । कञ्चनपुर र बर्दियाका सहभागीहरुलाई विभिन्न समुहमा छ्यासमिसे तवरले समुहमा विभाजन गरिएको थियो । म सम्मिलित समुहमा सोमनाथ राना देखी वेदप्रसाद उपाध्याय,बुद्धि प्रसाद शर्मा एवं बर्दियाको बढैयाताल गा.पा.का भक्ति सागर रेग्मी सम्म सहभागी थिए । सिएमएसले उपलब्ध गराएको जिपमा हामी सुरुमा गोमती नगर टु बा्रञ्चका लागि गयौं । त्यहां हामीलाई स्वागतका निम्ति विद्यालयका प्रिन्सिपल आभा अनन्त,माथिल्ला कक्षाका विद्यार्थीहरु गेटमै आएका थिए । उहांहरुको प्रेमिल स्वागतलाई ग्रहण गरी हामी सिधै जेवाइआइपी चलिरहको माथिल्लो हलमा गयौं । विद्यार्थीहरु समुहमा बसेर मेन्टरींगमा थिए । म सुरुकै समुहमा बसिहाले,अरु मित्रहरु क्रमशः अरु अरु समुहमा । एक जना छात्राले गोलो घेरामा समुहका सदस्यलाई आरियन्ट गरिराख्नु भएको थियो,आपसी छलफल विधिको माध्यमबाट । मैले समुहमा बसेको केही छिन पछि एक जना विद्यार्थीले सोध्नु भयो,सर आर यु फरम नेपाल ? मैले एस आइ एम भने पश्चात सर क्यान यु गिभ मि नेपाली करेन्सी ?भन्ने प्रश्न ति विद्यार्थीले गर्नु भयो त्यस पछि मैले त्यो जेवाइआइपी प्रोगामको लिड गरिराखेकी मुख्य विद्यार्थीसंग कार्यक्रम बारे प्रश्न गर्दा उन्ले साप्तहिक रुपमा उक्त कार्यक्रम हुने बताउनु भयो । नियमित पढाइका अतिरिक्त विद्यार्थीहरुमा सामाजिकता,सेवा भाव भातृत्व प्रवर्धन हुने खालका कुरा उक्त कार्यक्रममा सिकाइने बताउनु भयो । सो पश्चात मैले समेत विद्यार्थीहरुलाई केही प्रश्न गर्दा उहाँले मज्जाले उत्तर दिनु भयो । सामाजिक सञ्जाल कत्तिको प्रयोग गर्नु हुन्छ? भन्दा खासै नगर्ने गरेको भन्ने जवाफ दिनु भयो । त्यस पछि विद्यालयका प्रिन्सिपल समेतको उपस्थितीमा त्यही हलमा हामीले सिनियर युथसित उक्त अभ्यासका बारेमा छलफल गर्यौं। । बढो मिहिन ढंगले उहाँहरुले जवाफ दिनु भयो ।
त्यस पछि हामीले सोही दिन जुनियर कक्षाका विद्यार्थीसित अभिभावक अन्तरक्रियामा भाग लियौं । बढो मज्जाले तल्ला कक्षाका विद्यार्थीले नृत्य प्रस्तुती सितै गीत गाइ रहेका थिए,माइकमा बोली रहेका थिए,अभिभावकहरु उन्का गतिविधिलाई छेउबाटै नियालि रहेका थिए । विद्यालयको उचित विकासका लागि अभिभावक सित निरन्तर अन्तरक्रिया हुनु पर्छ भन्ने भावलाई सिएमएसले निरन्तर अबलम्बन गरेको पाइयो । त्सस पश्चात हामीले प्राइमरी लेभलमा चलिराखेको अल्फा प्रोगामका कक्षाहरुको समेत अवलोकन गर्यौ । महिला शिक्षकहरुले बढो मज्जाले पढाइ राख्नु भएको थियो । कक्षाकोठामा बस्नका लागि बाल मैत्री कुर्सी,टेबुल,एसी ,स्लाइडरयुक्त सिसाका ढोका,प्रोजेक्टर,कम्प्युटर हरेक कक्षामा थिए ।सो दिनको मौसमी अवस्थालाई समेत त्यहाँ लेखिएको थियो । फोहोरको कण सम्म त्यहाँ थिएन । शौचालयको सरसफाइ समेत उस्तै बेहत्तर । प्राथमिक इन्चार्ज मेडमले हामीलाई मज्जाल सो तहको सबै कक्षामा पुर्याउनु भयो । कुनै कोठामा विद्यार्थीहरु डान्स गरिराखेका,कुनै कोठामा गायन प्रतियोगितामा भाग लिनेको नाम टिपोट गरिराखेका,कुनै कोठामा देशव्यापी आयोजना हुने सामान्य ज्ञानको तयारी गरिराखेका,लोकसेवा तयारी टेवाका लागी ओएमआर सिटमा प्रेक्टिस गरिराखेका पायौं । बढो हौंसला मिल्ने एक्टीभीटी गरेको पाइयो । त्यस पछि हामी ग्राउण्ड फ्लोरको लाइब्रेरीमा आयौं,चिया र साना खाले २ समोसाबाट फेरी स्वागत गरियो । सो ग्रहण गर्दाका बखत फेरी अन्तरक्रिया गर्यौं । शिक्षकका सेवासुविधा,विद्यार्थीको भर्ना,भ्रमण,विद्यालयलाई विश्वविद्यालय बनाउने योजना,सरकारी तवरबाट हुने अनुगमन आदिका प्रसंगमा । सबै प्रश्नको मन पसन्द जवाफ समेत पायौं । शिक्षकलाई सेवन्थ पे कमिशनको आधारको सुविधा,विद्यार्थी भर्नाका लागि सामान्य पुर्व योग्यता परीक्षा, शिक्षक विद्यार्थीको निरन्तर स्वदेश तथा विदेशमा भ्रमण भइराख्ने, विश्वविद्यालयको योजना हाल नरहेको किनकी सोबाट विद्यार्थीलाई चाहेको स्वरुपमा ढाल्न त्यति सजिलो नहुने ,सरकारी तवरबाटबाट पढाइका अलावा रसोइ आदिको नियमित अनुगमन हुने खालका कुरा जानकारी लिइ पछि हामीले विज्ञान ल्याब अवलोकन गर्यौ,सो पश्चात विज्ञान पार्क अवलोकन गर्यौ,त्यहाँ विद्यालयका प्रिन्सिपलका साथ फोटो लिइ हामी उर्दु सरकारी प्राथमिक विद्यालय गोसाइगञ्जका लागि अगाडी बढ्यौं । हामी चढेको गाडीका गुरुजी १२ वर्ष देखी सो गाडी चलाइराखेका र पाइराखेको वेतनमा सन्तुष्ट रहेको कुरा समेत खाली समयमा बताइराख्नु भएको थिए ,टाटा ,इनोभा जस्ता त ७६ वटा गाडी सिएमएससित रहेको बताउनु भयो अतिथीको भ्रमण,शिक्षक कर्मचारीको विद्यालय ल्याइ पुर्याइका लागि । हामी गोसाइगञ्जको उर्दु सरकारी प्राथमिक विद्यालय पुग्दा त्यहाका कर्मचारीहरु झाडु लगाउदै थिए । हामी पुगी सके पछि विद्यालयका प्रिन्सिपल सन्तोष राय लगायतबाट राम्रो स्वागत भयो । लगत्तै हामी कक्षाकोठामा पुग्यौं,टायलयुक्त कोठा थियो । विद्यार्थीसित अन्तरक्रिया गराइयो । विद्यालयका शिक्षक मो.रासिदले विद्यार्थीलाई सामान्य ज्ञान लगायतका गणितका आधारभूत क्रिया,नेपाली पठन सीप जाँचका अभ्यास गराउनु भयो ।
पछि विद्यार्थीहरुले अनमोल वचनसितै गीत र चुटकीला समेत प्रस्तुत गर्नु भयो । प्रस्तुती स्पोन्टेनस भन्दा नि गाइडेड जस्तो लागीरहेको थियो । लगत्तै हामीले अर्को कक्षाको समेत अवलोकन गर्यौ,जहाँ विद्यार्थीहरु अल्फा मोडलको प्रेक्टिसमा थिए । सो पछि हामीले विद्यालयका विभिन्न पक्षबारे प्रधानाध्यापक सित अन्तरक्रिया गर्दा,उहाँले हामीलाई धेरै कुरा देखाउनु भयो ,साइनपेनको प्रयोग गरि बनाइएको एस आइ पी ,टिचर्स डायरी,विद्यालयमा अनुपस्थित अभिभावकसितको सम्पर्क डायरी,बालमैत्री स्वनिर्मित अध्ययन एवं अध्यापन सामग्री आदि । विद्यालयका प्र.अ.लाई हामीलाई थप विषयमा जानकारी गराउन पाएको भए अझै राम्रो हुन्थ्यो भन्ने भान भइराखेको झै लाग्थ्यो । विद्यालयमा १५ सदस्यीय व्यवस्थापन समिति हुने ,जसमा स्वास्थ्य प्राविधिक समेत सदस्य हुने,प्रअ सचिव हुने र कार्यकाल २ वर्षे हुने ,सरकारबाट विद्यालयलाई विद्यार्थी संख्याका आधारमा सञ्चालन व्यवस्थापन अनुदान आउने र सो पैशा समेत कुन शीर्षकमा खर्च गर्ने माथीबाटै तोकेर आउने(गत वर्ष युरिनल निर्माण भएको),विद्यालयको प्र.अ.ले २४ घण्टै अलर्ट हुनु पर्ने विवरण पठाउन,अरु विषयमा सूचना प्रवाह गर्न ,स्थायी शिक्षकको दरबन्दी पर्याप्त नहुने,नेपालका शिक्षण अनुदान जस्ता शिक्षा मित्र नामक शिक्षक हुने जस्ले एकदमै कम बेतन त्यो पनि ११ महिनाको मात्रै पाउने,सरकारले सन् २०२५ सम्म सबै विद्यार्थीमा आधारभूत साक्षरता विकास गरिसक्ने लक्ष्य राखेको र सो पुरा गर्न नसक्ने विद्यालयका शिक्षकहरुको बेतन काटिने जस्ता भारतीय शिक्षा प्रणालीका केही प्रसंग प्र.अ.ले सुनाउनु भयो । त्यस पछि हामी संगै रहेको भिडियो ग्राफरलाई विद्यालयले लागु गरेको अल्फा प्रोगाम र सम्बद्ध पक्षबारे संक्षिप्त इन्टरब्यु दिइ सामुहिक फोटो लिइ सिएमएस मेन बा्रञ्चका लागि रमाना भयौं ।
करिब २ः३०।३ बजेतिर अतिथी गृहमा पुगी रिफ्रेस पश्चात खाना खाइ १ छिनको आराम पश्चात हामी ईमामवाडा(भुलभुलैया)का लागी गयौं,अलग अलग समुहमा । हाम्रो समुहमा सहजीकरणका लागी सिएमएस कर्मचारी(नेपाली मुलका) ज्ञानेन्द्र पौडेल थिए ,उन्ले पथ प्रदर्शन देखी टिकेटिंगमा सहयोग गरिराखेका थिए । हामी ५० भारुको टिकट लिइ भुलभुलैया हेर्न गयौं,आग्राको ताजमहलमा रहेको भवनको झल्को आउने विशालकाय संरचना एक ठाउबाट छिरे पछि कां पुगिने हो कुन ठाउं पुगिने हो केही थाहा नहुने ,विचित्रको भवन । प्राचिन मुगल शासकको दरबार वा मुख्य अड्डाको रुपमा रहेको हुन सक्ने भुलभुलैया हेर्न मानिसको भिड उल्लेख्य थियो । त्यसपछि हामीले नजिकै रहेको कुवा हेरी फोटो लिइ बाहिर आयौं,भुलभुलैयाको बारेमा जानकारी गराउने पेएवल गाइडहरु पनि छ्यापछ्याप्ती थिए । बाहिर उँट ,घोडामा कुवेर बम र एन डी मायालु सरले सवारी गरीसकेपछि हामी समोसाको नास्ता लिइ सिएमएस पुग्दा अध्यारो भइ सकेको थियो । रात्री भोजनसितै निन्द्रामा विलाप भयौं ।
२०८०।६।२४ तेश्रो दिन हामी बिहानको नित्य कर्म पश्चात पैदल वाकमा ट्रान्सपोर्टनगर मेर्टो स्टेश्नसम्म पुग्यौं ।लालझाडी,बेलौरी र पुनर्वासका शिक्षाका कर्मचारी । त्यस पश्चात सिएमएस परिसरको गार्डन(पार्क)लाई बाहिरबाटै अवलोकन गरि ८ बजेतिर नास्ता लिइ हलमा प्रवेश गर्यौ । सिएमएस बा्रञ्च र सरकारी विद्यालय भ्रमणको संक्षिप्त जानकारी विभिन्न समुहका प्रतिनिधि सहभागीले गर्नु भयो । त्यस पछि नेपालीहरु बहादुरी,साहसी हुने प्रसंगको चर्चा,सत्यको खोजी गर्न बच्चा तयार होउन,सामुहिकताको निर्णयमा बढि शक्ति,परामर्शको महत्व,सामुहीक कार्यको महत्व जस्ता विषयमा चर्चा भयो । सो कुरा डा. सोयाज महाजनले राख्नु भयो । जब म सुन्छु,म बिर्सन्छु,जब म देख्छु म सम्झीन्छु,जब म गर्छु,बुझ्छु जस्ता आदर्श विचारमा समेत मन्थन भएको थियो । त्यस पछि समाजमा शिक्षकको भुमिका शीर्षकमा समुह कार्यसंगै आयोजक वक्ताको मन्तव्य पश्चात ३ दिवसीय कार्यक्रमको औपचारिक समापन भएको थियो । सो पश्चात खाना एवं आराम पछि हामी समुहगत रुपमा लखनऊको चिडियाघर हेर्न गयौं । त्यहा ८०। भारुको टिकट लिइ बाघ,फ्याउरो,वन बिरालो,गिद्ध,लगायतका जनावर एवं चराचुरुंगी हेरी सामुहिक व्यक्तिगत फोटो लिइ सिएमएस फर्कियौं । भोजन पश्चात ३ दिवसीय कार्यक्रमको समिक्षा र सिएमएसका असल अभ्यासलाई आफ्ना विद्यालयमा लागु गर्नका लागि गर्न सकिने पहल कार्यको चर्चासितै शयन कक्ष तिर प्रवेश गर्यौं ।
२०८०।६।२५ मा बिहानको फ्रेसनेस पश्चात गिनिज बुक अफ वल्र्ड रेकर्ड(विद्यार्थी संख्याधारमा)र युनेस्को शान्ति पुरस्कार प्राप्त सिएमएस परिसरको अतिथी गृहको तल्लो तलामा रहको डायनिंग हलमा खाजा खाइ कञ्चनपुर र बर्दिया फर्किने मित्रलाई बिदाइ गरी विश्वकप क्रिकेट हेर्न जाने टिम (बेलौरीबाट विरेन्द्र भण्डारी,बुद्धि शर्मा,भक्त रोकाया,वेद उपाध्याय,अमित भट्ट,नारायण भट्टट,कुवेर बम) तथा बर्दियाका भक्तिसागर घिमिरे सहितको टोली अष्टेलिया र दक्षिण अफ्रिकाबिच हुने मेच हेर्न इकाना स्टेडियम लखनऊ गयौं,२ वटा जीपमा । गेम २ बजेबाट सुरु हुनेवाला थियो टिकट भेरीफाई लगायत भने हामी ११ बजेनै पुगिसकेका थियौं । बाक्लो सुरक्षा,हजारौं मान्छे,बुद्धि शर्मा सरले लाइभ प्रसारण गरि राख्नु भएको थियो ,सामाजिक सञ्जाल फेसुबकम । अटल विहारी वाजपेयी (इकाना )क्रिकेट स्टेडीयम ५० हजार दर्शक क्षमताको रहेछ,छेउमै यु.पी पुलिस मुख्यालय समेत रहेछ । वेद सर टिकट भेरीफाइमा लाग्नु भएको थियो । २ नबज्दाको अवधिमा चनाचटपट खाइ आपसी गफ गरी समय व्यतित गर्यौ । २ बज्नु केही समय पुर्व गेट खुले पश्चात सुरक्षा जाँच गराइ स्टेडीयम भित्र पुग्यौं । दुवै देशका झण्डा प्रदर्शन भइराखेका थिए ,सो पश्चात दक्षिण अफ्रिकाको बलिंगमा गेम सुरु भयो । दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गरिराखेको थियो । महंगो मुल्यमा पाइने पोपकर्म,चिप्स खाइ खेलको आनन्द लिइ राखेका थियौं ।
२-३ घण्टा गेम हेरी हामी स्टेडियम बाहिर आयौं ,३ जना समकक्षी र नारायण सर ,गुरु मौलाधारी गुप्ताका साथमा । पैदल केही समय हिनेर गाडी पार्किंंग गरेको स्थान लुलुमल अटो चडि आयौं । त्यस पछि चारवाग रेल्वे स्टेश्न हेर्न गयौं । ब्रिटिसकालिन स्टेश्न बडो आर्कषक थियो,मुगल शैलीका भवनहरु । त्यहां फोटो लिइ हामीले लखनऊको प्रसिद्ध रिउडी,पेठा किनि लालबाग नुरमञ्जील हस्पीटलका लागि गयौं, औषधी प्रयोजनका निम्ति,त्यहां रातीको ९ बजिसकेकाले बन्द भइसकेकाले मोडर्न केमिस्ट गयौं ,त्यहां समेत बन्द भएकाले बलरामपुर हस्पिटल नजिकको मेडिकलबाट किनि घरफिर्तिका लागी सितापुर रोड बक्सीकी तालाब भन्ने ठाउँमा खाना खाइ विरेन्द्रसर समेतको समुहसंगै आयौं । २०८०।६।२६ बिहान ५।३० बजेतिर पलियामा चिया रिफ्रेस पश्चात करीब पौने सात बजेतिर थापा चौकमा जीपबाट उत्रिइ विरेन्द्र सरको व्यवस्थापनमा बाइकमा चडी सबै जना सकुशल गन्तव्यमा पुग्यौं । समग्रमा कञ्चनपुर र बर्दियाका ३१ जना टोलीको सिएमएसको बसाइ एकदमै ज्ञानवर्धक र अविष्मरणीय रह्यो । हरेक व्यक्ति आफुमा सुसंस्कार स्थापनाका निम्ति पुग्नै पर्ने ठाउँ रहेको भान भयो ।
(लेखक भट्ट बेलौरी नगरपालिकाको शिक्षा शाखामा कार्यरत सहायक पाचौं स्तर कर्मचारी हुन् ।)