Above Article Ad
  • ‘फर्मालिटी’ जापानिज भाषाले अन्धाकार जापान

    Above Article Content Ad
  • हेमन्त रेग्मी, आजकल नेपाली युवाहरूको एक प्रमुख गन्तव्य बनेको छ—जापान। उच्च शिक्षा, रोजगारीका अवसर र सुरक्षित भविष्यको खोजीमा धेरै विद्यार्थीहरू जापानको बाटो समाउँदै छन्।

    जापान सरकारले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्ने नीतिहरू अपनाउँदै आएको छ। तर, यथार्थ के हो भने—सपना बोकेर जापान टेक्ने अधिकांश नेपाली विद्यार्थीहरू भाषा नजानेकै कारणबाट दुःख, पीडा र संघर्षको अँध्यारो सुरुङभित्र हराइरहेका छन्। नेपालबाट जापान जानु भनेको केवल हवाइजहाज चढेर अर्को मुलुक टेक्नु मात्र होइन—यो संस्कृतिको फेरबदल, सोचाइको रुपान्तरण, र सबैभन्दा प्रमुख रूपमा भाषाको नयाँ संसारमा प्रवेश गर्नु हो।

    Article inline ad #1
  • धेरैजसो नेपाली विद्यार्थीहरू जापान जाने प्रक्रिया सुरु गर्दा जापानी भाषा (Nihongo) सिक्न ‘फर्मालिटी’ जस्तै ठान्छन्। त्यहाँ गएर सिके पुग्छ उनिहरुलाई लाग्छ नतिजा—विद्यार्थीहरू जापान पुग्नेबित्तिकै भाषिक भित्ता सङग ठोकिन्छन्।

    Article inline ad #2

    पसलमा गएर सामान माग्न पनि अप्ठ्यारो, रेल चढ्दा कुन लाइन हो भन्ने बुझ्न गाह्रो, कामको ठाउँमा जे भनियो बुझ्न नसक्ने, अनि बुझाए पनि जवाफ दिन नसक्ने—यस्तै यस्तै संघर्ष विद्यालयमा शिक्षणक्रम जापानी भाषामै हुन्छ। शिक्षकले अंग्रेजी बोल्ने सम्भावना न्यून हुन्छ। विद्यार्थीहरू क्लासमा चुपचाप बस्छन्, प्रश्न गर्न डराउँछन्, र बुझ्ने प्रयासमा तनावले सताउँछ।

    यो अवस्था केवल पढाइमा होइन, रोजगारी, स्वास्थ्य, आवास, बैंक, नगरपालिका सेवा आदिसम्म असर पुर्याउछ ।नेपालबाट आएका विद्यार्थीहरूले जापानमा ‘अर्हाईतो’ (part-time job) गर्न पाउँछन्। तर, भाषिक कमजोरीले गर्दा काम पाउन कठिन हुन्छ कठिन मात्र होइन काम नै नपाउने हुन्छ। अधिकांशले रेस्टुरेन्ट, कारखाना, वा सुपरमार्केटमा काम गर्छन्, जहाँ ‘संचार’ मुख्य कुरा हो।

    कुनै कुरा नबुझ्दा काम बिग्रिन्छ, गाली खानुपर्छ, कहिलेकाहीँ जागिरसमेत गुम्छ। भाषा नबुझेको कारणले ‘कम मूल्यको श्रमिक’ जस्तो व्यवहार भोग्नु पर्ने हुन्छ।

    नेपालि विद्यार्थीहरूको सबैभन्दा ठूलो कमजोरी भनेको जापानी भाषा नबुझी वा सतही रूपमा मात्र सिकेर जापान जानु हो।विद्यार्थीहरू भाषालाई गम्भीरतापूर्वक लिँदैनन्। तर जापान पुगेपछि भाषा नै सबैभन्दा ठूलो अवरोध बन्छ।

    जसले गर्दा ठुला ठुला गम्भिर समस्याहरु समेत निम्ताइरहेको छ। नेपालमा हुँदा धेरै विद्यार्थीहरू जापानी भाषा (Nihongo) सिक्नु भनेको मात्र भिसा प्रक्रिया पास गर्नुपर्ने औपचारिकता जस्तै सम्झन्छन्। उनीहरूलाई लाग्छ—“त्यहाँ गएपछि सिकिहालिन्छ,” “काम गरेर भाषा टिपिन्छ,” वा “कक्षा त कसरी भए पनि पास गरिन्छ।” भाषा त केवल ‘अक्षर’ र ‘कक्षा’को कुरा जस्तो लाग्छ। यही सोचकै कारण, धेरैले भाषा अध्ययनलाई गम्भीरता दिँदैनन्।

    तर जब जापान टेक्छन्—त्यस दिनदेखि नै भाषा अभावले छायाँ जस्तो पछ्याउन थाल्छ। बिहानको रेल चढ्ने क्रममा सूचना बोर्ड नबुझ्दा दिशा बिराउँछन्, सुपरमार्केटमा काम गर्दा ग्राहकको माग नबुझ्दा गाली खान्छन्, र क्लासमा शिक्षकको कुरा बुझ्न नसकेर शून्यजस्तै महसुस गर्छन्।

    त्यसपछि बल्ल थाहा हुन्छ—भाषा त केवल पढाइ वा कामको साधन मात्र होइन, बाँच्नकै आधार रहेछ। जापानमा भाषा नबुझीकन आफुलाई व्यक्त गर्न, अधिकार प्रयोग गर्न, वा सम्बन्ध बनाउन सकिँदैन। अनि त्यही क्षण उनीहरू भन्छन्—“काश! नेपालमै हुँदा गम्भीर भएर भाषा पढेको भए…।”

    भाषा केवल पासपोर्ट वा भिसा पाउने प्रक्रिया होइन, जीवन बाँच्ने आधार हो। यसकारण भाषा समस्याको समाधान गर्न विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदातृ सबैले आ–आफ्नो भूमिका जिम्मेवारीका साथ निर्वाह गर्नु अत्यावश्यक छ।

    जापानको यात्रा केवल अध्ययन र रोजगारीको अवसर मात्र होइन, यसले एउटा नयाँ संसारसँग परिचय गराउँछ। भाषा त्यहाँको सांस्कृतिक र सामाजिक जीवनको आधार हो। विद्यार्थीहरूले जापान जाने समयमा जापानी भाषा सिक्नलाई गम्भीरतापूर्वक लिनु पर्छ, ताकि उनीहरूले त्यहाँको जीवनको चुनौतीहरूको सामना प्रभावकारी ढंगले गर्न सकून्। यसका लागि प्रत्येक विद्यार्थी, शैक्षिक संस्था र अभिभावकले आफ्नो जिम्मेवारी निभाउन अत्यावश्यक छ। भाषा नबुझ्नाले जीवन अन्धकार बन्न सक्छ, तर यदि समयमै भाषा सिक्न थालिन्छ भने, जापानमा प्रत्येक नेपाली विद्यार्थीको भविष्य उज्जवल बन्न सक्छ।

    (लेखक रेग्मी Dream Education Foundation Dhangadhi का प्रबन्ध निर्देशक हुन् )

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6