Above Article Ad
  • अछामको जिल्ला अस्पालमा बिरामीलाई कम्बल वितरण

    Above Article Content Ad
  • धनगढी ः स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पतालका बिरामीलाई तातो कम्बल र तन्ना वितरण गरेको छ। जिल्ला अस्पतालमा तातो कम्बल ४० थान, तन्ना ५० थान र सिरानी ५० थान उपलब्ध गराइएको स्कुल अफ डेमोक्रेसीका सचिव बम स्वाँरले जानकारी दिए।

    चिसो बढ्दै गइरहेकाले बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने भन्दै अस्पतालमा भर्ना भएका बिरामीको सहजताका लागि कम्बल वितरण गरिएको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारी जानकारी दिए।

    Article inline ad #1
  • कम्बल हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले जाडोयाममा बिरामीको शारीरिक अवस्थालाई मध्यनजर गरी कम्बल वितरण गरी परोपकारी काम गरेको भन्दै प्रशंसा गरे।

    Article inline ad #2

    पछिल्लो समय जिल्ला अस्पतालमा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह भइरहेको भन्दै बिरामीको सेवामा खटिनुभएका स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे। जिल्ला अस्पतालबारेमा मात्र नभएर समग्र सुदूरपश्चिम प्रदेशका स्वास्थ्य क्षेत्रका समस्या समाधानमा आफू निरन्तर लागिपरेको उनले बताए।

    पहाडी जिल्लाका नागरिकको स्वास्थ्यमाथि ध्यानमा राख्दै विशेषज्ञ चिकित्सकको आवश्यकता महसुस गरिएको बताउँदै मन्त्री खड्काले प्रदेशका सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा उपलब्ध गराउन पहल भइरहेको बताए।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by