
खोटाङको हलेसी बजारमा आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति
Above Article Content Ad
काठमाडौंः खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ।
Article inline ad #1
काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरू भएको आगोले भीषणरुप लिएको थियो। आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ घरको दोस्रो तलामा रहेको निर्धनउत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ। नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडीसँगै रहेको निजकै काठको दुईतले घरमा पूर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको छ। प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीयले रिजर्भ गरेर राखेको पानी ट्याङकरले ओसार आगलागी नियन्त्रण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिए। आगलागी नियन्त्रणका लागि पानी बोक्ने,ट्याङकरसहित जेसिबीलगायतका मेसिनहरू पनि प्रयोग गरिएको थियो। आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad