Above Article Ad
  • एनपीएलमा सुदूरपश्चिम चितवनसँग भिड्ने

    Above Article Content Ad
  • काठमाडौं -नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन् ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।पहिलो खेल दिउँसो साढे १२ र दोस्रो खेल साँझ ५ बजे हुनेछ ।

    Article inline ad #1
  • प्रतियोगितामा काठमाडौं आफ्नो पहिलो जितको खोजीमा रहने छ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

    Article inline ad #2

    अर्कोतर्फ, कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ । यसअघिका दुवै खेल कर्णालीले जितेको थियो । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको थियो ।

    सुदूरपश्चिम रोयल्सका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। सुदूरपश्चिमले हालसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ।

    चितवन भने प्रतियोगितामा अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6