
नेकपा एमालेका उपाध्यक्ष थापाले जनयुद्ध हिंसा नै भएको बताए ।
Above Article Content Ad
धनगढी : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले जनयुद्ध हिंसा नै भएको बताएका छन्।
त्यसकारण अध्यक्षले भनेको भनाइमा मेरो आपत्ति छैन। यो कुरालाई माओवादीले पनि मान्छ।’ मार्क्सवादी सबै क्रान्तिकारीहरूले युद्धद्वारा पनि समस्याको समाधमान गर्नुपर्छ भन्ने मान्यता राख्ने बताउदै उनले भने, ‘हिंसा भनेको वर्ग सङ्घर्ष हो। सङ्घर्षको सर्वोच्च रूप हो।’ सामाजिक विज्ञान र माक्र्सवादले युद्धलाई राजनैतिक आन्दोलनको सङ्घर्षको उच्चतम रूप मानेको उनले बताए।
Article inline ad #1
२०३७ सालमा राजनीतिक यात्रा सुरु गरेका थापा लामो समय माओवादीमै रहेका थिए। उनी २०५० मा नेकपा माओवादीमा आबद्ध भएका थिए। भूमिगत कालमा माओवादीको विभिन्न संगठन हुँदै २०६४ सालमा एकीकृत नेकपा माओवादीको उनी महासचिव भएका थिए। रक्षामन्त्री र गृहमन्त्रीसमेत भइसकेका उनी नेकपाका सचिवालय सदस्य बनेका थिए। पछि सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरणलाई अवैधानिक ठहर गरेपछि थापा एमालेमै बसेका थिए। पछिल्लो समय उनले माओवादीको आलोचना गर्दै आएका छन्।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























