
स्वर्गीय श्रीमानको स्मृतिमा गौरी शंकर बिद्यालयका एक सय सात बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण
Above Article Content Ad
पुनर्वास–जाडो बढ्दै गएपछि हिजोआज बिद्यालयमा न्यानो लुगा वितरण गर्ने मनकारी व्यक्तिहरुको सक्रियता देखिदै आएको छ ।
आईतबार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित श्री गौरीशंकर माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई पनि एक मनकारी व्यक्तिबाट न्यानो लुगा सहयोग भएको हो ।
पुनर्वास–५ निवासी लक्ष्मीदेवि जेठाराले स्वर्गीय श्रीमान विरेन्द्र जेठाराको स्मृतिमा कक्षा ४,५ र ६ मा अध्ययनरत एक सय सात बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको बिद्यालयले जनाएको छ ।
Article inline ad #1
यस अघिपनि पुनर्वासका विभिन्न विद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा र क्लबका खेलाडीहरुलाई जर्सी सहयोगसँगै आर्थिक सहयोगमा जेठारा परिवार अग्र स्थानमा देखिन्छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad