Above Article Ad
  • एमालेले कडरियालाई मात्रै दियो प्रदेश निर्वाचन क्षेत्र इन्चार्ज जिम्मेवारी

    Above Article Content Ad
  • पुनर्वास । नेकपा (एमाले) ले कञ्चनपुरमा एक जनालाई मात्रै प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । एमाले सचिवालय बैठकले जिल्ला सहित सबै निर्वाचन क्षेत्रमा इन्चार्जको जिम्मेवारी दिँदा प्रदेश निर्वाचन क्षेत्र नं. ३(१ ) मा इन्चार्ज बनाएको हो ।

    एमालेले केन्द्रीय सदस्य इन्दु कडरिया विष्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । त्यस बाहेक अन्य पाँच प्रदेश निर्वाचन क्षेत्रमा इन्चार्जको जिम्मेवारी दिइएको छैन । पुनर्वास नगरपालिकाका कडरियाले फरक भूगोलमा इन्चार्ज भएकी छन् ।

    Article inline ad #1
  • एमालेमा निर्वाचन क्षेत्र नं. ३(२), २(१), २(२), १(१) र १(२) मा सचिवालय बैठकले जिम्मेवारी नदिई ३(१) मात्रै कडरियालाई जिम्मेवारी दिएको हो ।

    एमाले जिल्ला इन्चार्जमा निरुदेबी पाल फेरि फर्किएकी छन् । उनलाई गत वर्ष बैतडी जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको थियो । यसैगरी निर्वाचन क्षेत्र नं. १ मा कमला बोहरा, क्षेत्र नं.२ मा नर बहादुर धामी र क्षेत्र नं.३ को कृपाराम रानालाई जिम्मेवारी दिइएको हो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button