Above Article Ad
  • थारू बस्तीमा माघी पर्वको चहलपहल सुरू

    Above Article Content Ad
  • कैलाली-कञ्चनपुर लगायतका जिल्लाका थारू बस्तीमा माघी पर्वको चहलपहल सुरू भएको छ। विशेषगरी पुसको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघीपर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरु भएको थारु कल्याणकारी सभाका केन्द्रीय उपाध्यक्ष प्रभातकुमार चौधरीले बताए।

    थारू गाउँमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरु भइसकेको उनले बताए। त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर ९धमार० भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलन रहेको उनले बताए। ुमाघेसङक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाई गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छाड्ने गरिन्छ। नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्यादिएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ, उनले भने, त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रहिआएको छ। तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उनले बताए।

    Article inline ad #1
  • गोदावरी नगरपालिका–८ फकलपुरका स्थानीय माधव चौधरीका अनुसार थारू समुदायको मुख्य पर्व भएकाले यतिबेला थारू बस्तीमा पर्वको रौनक छाएको छ। थारू समुदाय बसोबास गर्ने गाउँबस्ती अहिले माघीमय भएका छन्। यतिमात्र नभएर थारू जातिको परम्परा, लोकसंस्कृति झल्कने मघौटा नाच, लोकगीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन लागेको छ।

    Article inline ad #2

    यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षा गर्छन्। माघी पर्वसँगै थारू समुदायमा विधिवत रूपमा विवाह, अंशवण्डालगायत कार्यको थालनी हुन्छ, चौधरीले भने, यस दिन आपसी वैमनश्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी अण्डी चामलको भातरोटी, ढिक्री, मासुलगायत थारू खानाका विभिन्न परिकार खाने र खुवाउने चलन छ।

    यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँनयाँ लुगाकपडा लगाउने चलन छ। रोजगारीका लागि बाहिरका घरपरिवारका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन्। पर्वमा विषेशगरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोङ्गी, बङ्गुरको मासु, माछा, गङ्गटालगायत स्थानीय खानाका पकवान खाने चलन छ। बालबालिकादेखि वृद्घवृद्घासम्म रमाउने मुख्य पर्व भएकाले तामझामका साथ पर्व मनाइरहेको धनगढीको बैयाबेहडीका माइला चौधरी बताए। गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीभाइ मिलेर रमाइलो गरिरहेका छौँ, खानपिन गरिरहेका छौँ, उनले भने, हाम्रो समुदायको यो पर्वको चहलपहलले विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6