Above Article Ad
  • नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

    Above Article Content Ad
  • काठमाडौं । अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । भाद्र १ गतेदेखि १ महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

    गायन, नृत्य तथा कमेडीका शोहरु मात्र दर्शकहरुले हेर्न पाइरहेको बेला अभिनय विधाको शो ‘एक्टिङ स्टार’ले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने विश्वास गरिएको छ । अभिनय कला प्रस्फुटन गर्न तथा सच्चा कलाकारको खोजी गर्न यो शो ल्याउन लागेको आयोजकले  जानकारी दिएको छ ।

    Article inline ad #1
  • ‘सबैमा प्रतिभा हुन्छ तर प्लेटफर्म नभएर कुण्ठित हुन नपरोस् र मनोरञ्जनको क्षेत्रमा नयाँ कदम चाल्न ‘एक्टिङ स्टार’ले सहयोग गरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ आयोजक टिमका एक प्रतिनिधिले भने । उनले थपे, ‘यो शोको डिजिटल अडिसन खुल्ला गरेको २ दिनमै दर्जनौं भिडियोहरु प्राप्त हुँदा हौसला मिलेको छ । दर्शकहरुलाई नयाँ स्वादको प्रतिक्षा भएको पुष्टि भयो ।’

    Article inline ad #2

    ‘एक्टिङ स्टार’मा डिजिटल अडिसन दिनका लागि आफ्नो अभिनय कला प्रस्तुतिको अधिकतम २ मिनेटसम्मको भिडियो रेकर्ड गरेर यहि भाद्र ३१ गतेसम्म Whatsapp तथा Viber नम्बर ९७६७९८३३१० मा पठाउनु पर्नेछ । अथवा, actingstarnepal@gmail.com मा पनि पठाउन सक्नेछ ।

    कार्यक्रमलाई ‘महक मिडिया नेटवर्क प्रा.लि. ले निर्माण गर्दैछ भने निर्देशक तथा अन्य महत्वपूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिइने जनाइएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button