
डोटीमा ओल्के पर्व मनाउन माइत हिँडेकी महिलाको गरगहना लुटपाट
Above Article Content Ad
दिपायल- डोटीमा महिलाको गरगहना लुटिएको छ । जिल्लाको सायल गाउँपालिका– ६ कटुवालगाउँकी २७ वर्षीय पार्वती कटुवालले लगाएको सुनको गरगहना लुटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक यज्ञराज जोशीका अनुसार ओल्के पर्व मनाउन माइतीघर जाँदै गरेकी कटुवालको तीन तोला बराबरको सुनको गहना लुटिएको हो । आदर्श गाउँपालिका– ६ थला स्थित माइती घर जाँदै गर्दा आदर्श गाउँपालिका –३ मा पर्ने अलिचौर जंगलमा बुधबार बिहान ११ः ३० बजेको समयमा उनिमाथि लुटपाट भएको प्रहरी निरीक्षक जोशीले बताए ।
Article inline ad #1
जंगलकोबाटो हुँदै पैदल माइतीघर जाँदै गरेकी महिला माथि अपरिचित एक व्यक्तिले बाटो छेकेर गरगहना लुटेको पीडित महिलालाई उदृतगर्दै प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न व्यक्ति फरार छन् । उनको खोजिकार्य भैरहेको प्रहरी निरीक्षक जोशीले बताए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad