पुनर्वासमा काँङ्ग्रेसका नगर प्रमुखका उम्मेदवार शर्माले मन्दिरमा पुगेर सुरु गरे चुनावी घरदैलो कार्यक्रम
हरिलाल जोशी
पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सबै दलहरु यतिबेला चुनावी प्रचार प्रसारमा व्यस्त देखिन थालेका छन् ।
त्यसै क्रममा कञ्चनपुरको पुुनर्वास नगरपालिकामा काँङ्ग्रेस पार्टीबाट नगर प्रमुख पदका उम्मेदवार तोयाप्रसाद शर्माले आईतबार पहिलो दिन मन्दिरमा पुगेर बिन्ति गर्दै चुनावी प्रचार प्रसारलाई सुरु गरेका हुन् ।
पुनर्वास–९ स्थित रामेश्वर शिव मन्दिरको सानिध्यमा पुगेका नगर प्रमुख पदका उम्मेदवार शर्माले समृद्ध नगरको उद्धेश्य सहितका एजेण्डा लिई उपप्रमुख पदका उम्मेदवार भुलिया राना र नेता कार्यकर्ताको साथमा मतदाताका घरदैलोमा प्रचारप्रसारका लागि निस्किेका थिए ।
विगतका उम्मेदवारहरुले जनता सामु ल्याएका एजेण्डा नारामै सिमित र कार्यान्वयन कम हुने गरेपछि मन्दिरलाई साक्षी राख्दै बोलेका बाचा पुरा गर्ने प्रतिवद्धताका साथ मतदाताको घरदैलौमा नगर प्रमुख पदका उम्मेदवार शर्मा पुगेका छन् ।
यतिबेला उनको उम्मेदवारीले मतदाताहरुमा पनि हर्ष छाएको छ भने यसपटकको चुनावमा आफुलाई मत आउने विषयमा ठुलो विश्वासका साथ ढुक्क रहेको बताए ।