Above Article Ad
  • कञ्चनपुरको अर्जुनी जंगलमा कुटपिट गरेर गहना र मोबाईल लुटपाट

    Above Article Content Ad
  • महेन्द्रनगर । कञ्चनपुरको अर्जुनी जंगलमा कुटपिट गरेर लुटपाट गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जंगलमा बुधबार साँझतिर दुई जनामाथि आक्रमण गरी कुटपिट गर्दै लुटपाट गरेका थिए ।

    सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका– २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा दुई युवकले कुटपिट गरी लुटपाट गरेको बताए ।

    Article inline ad #1
  • द्रोपतीले घाटीमा लागाएको ८ (आठ) आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by