Above Article Ad
  • झरीकै बीच सुकुम्बासीका टहरामा धनगढी उपमहानगरको डोजर, बृद्ध र बालवालिकाको बिजोग

    Above Article Content Ad
  • धनगढी : उपमहानगरपालिकाले सुकुम्बासीका घरमाथी डोजर चलाएपछि उनिहरु बिचल्लीमा परेका छन् । करिब २० बर्षदेखी धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा बस्दै आएका सुकुम्बासीका घरमा उपमहानगरपालिकाले डोजर चलाएपछि उनिहरु त्रिपालमुनी बास बस्न बाध्य छन् । असारे झरीमा घरमाथी डोजर चलेर त्रिपालमुनी बस्न बाध्य उनिहरुका लागी न कतै जाने बाटो छ, न सरकारी निकायनै ।
    गत असार ९ गते धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ पुरानो एयरपोट नजिक बस्दै आएका ११ सुकुम्बासीका घरमाथी डोजर चलाएको थियो । सार्बजनिक जग्गा खाली गराउने अभियान अनुसार उपमहानगरपालिकाले सुकुम्बासीका घर हटाएको हो । भुमिहिनका घरमाथी डोजर चलेपछि उनिहरुको बिचल्ली भएको छ । २० बर्षदेखी बिधुत, खानीपानी बिल समेत तिर्दै आएका उनिहरुका घरमाथी डोजर चलेपछि बिचल्ली परेको छ । लालपुर्जाको निस्सा समेत पाइसकेका भुमिहिनहरु सोही जमिनमा पक्की घर समेत बनाएर बसेका थिए । कुनै ब्यवस्थापन बिना उपमहानगरपालिकाले घरमाथी डोजर चलाएपछि उनिहरु बासस्थानका लागी भौतारिरहेका छन् ।

    नेपाली काग्रेंसको पार्टी कार्यालय तथा पत्रकार महासघं कैलाली सगैं रहेको पक्की घर बसुन्धरा गौतमले करिब ७ बर्ष अघी तयार गरेकी थिइन् । २०५९ सालमा पुरानो एयरपोर्टमा राखिएका मुक्त कमैया सगैं बसेका उनिहरुले दैनिक मजदुरी गरेर सानो छाप्रो र त्यसपछि पक्की घर बनाए । हामी यहाँ बस्दा झाडी थियो, बल्ल तल्ल सफा गरेर छाप्रो बनाएका थियौँ गौतमले भनिन् “हाम्रो जमिन नभएकै कारण त्यतिबेलाका राजनितिक दलले यहाँ बस्न दिनुभएको हो, त्यतिबेला काग्रेंस पार्टी कार्यालय छेउमा रहेका जमिन र पत्रकार महासघंले घर बनाएको जमिनपनि हामी सगैं थियो, पछि उहाँहरुले लिनुभयो, हामीले खानेपानी सगैं बिजुली बिलपनि बुझाइरहेका छौँ, निस्सा पुर्जापनि तयार छ, तर हामीलाई एक्कासी यहाँबाट जान आदेश भयो, कतै ब्यवस्थापन भएन यर्त बसिरहेका थियौँ, गत ९ गते धनगढी उपमहानगरपालिकाले घरमाथी डोजर चलाएपछि न घर रह्यो, न घर भित्रको समान ।”

    Article inline ad #1
  • धनगढी उपमहानगरपालिकाले गत बैसाखमा घर खाली गर्न पत्र काटेपनि सो टहरा बाहेक कतै जमिन नभएका सुकुम्बासीहरु जनप्रतिनिधीले दया गर्छनकी भनेर सोही घरमा बसिरहेका थिए । तर नगर प्रहरीको हुल सहित गत असार ९ गते घरमाथी डोजर चलेपछि उनिहरुको समस्या कतै सुनुवाई भएन । दैनिक ज्यालादारीमा काम गरेर घरभित्र राखिएका खाद्यान्न तथा अन्य सामग्री समेत निकाल्न नदिई डोजर चलेपछि उनिहरुलाई दैनिक छाक टार्न सकेत समस्या भएको छ । हामीहरुको ब्यवस्थापन बिना घरमाथी डोजर चलाउँदा कहाँ जाने, के खाने कुनै सोच्न नसकिएको सोही ठाउँका दान बहादुर गौतमले बताए । उनले भने “हामीले यो ठाउँमा कति दुःख सङ्घर्ष गरेर बसेका हौ । द्वन्द्वमा गोली बन्दुकबाट हाम्रा बालबच्चालाई बचाएर अहिले सम्म यहाँ बस्यो । यतिका वर्ष पछि अहिले नगरपालिकाले हामीलाई उठाएको छ । हाम्रो जाने ठाउँ कतै छैन । अब नगरपालिकाले नै अन्य ठाउँमा व्यवस्थापन गरि दिनु प¥यो । ”

    सरकारले भुमिहिन, सुकुम्बासीका समस्या समाधान गर्ने गरी लगत सकंलन गरिसकेका बेला कुनै बिकल्प बिना उपमहानगरपालिकाले टहरा भत्काएपछि उनिहरुको बिचल्ली भएको हो । बर्खा शुरु भए सगैं खुला आकासमा त्रिपाल टागेर रात काट्न बाध्य सुकुम्बासीहरु आफुहरुलाई बिकल्प दिनुपर्ने बताउँछन् । त्रिपालमुनी बसेका सुकुम्बासीहरुलाई दैनिक खाली गर्न उपमहानगरिय प्रहरी बलले ताकेता गर्दा झन उनिहरुमाथी पिडा थपिएको छ । बिगत २२ बर्षदेखी सोही जमिनमा बस्दै आएकी बिस्नापति थरुनीको अन्त कतै जमिन छैन । भुमी आयोगबाट जग्गाका लागी उनलेपनि आवेदन भरेकी छिन् । केही दिनमै जमिन पाइने आसमा बसेकी थरुनीको टहरामापनि एक्कासी डोजर चलेपछि उनिपनि त्रिपाल टागेरै रात काट्न बाध्य छिन् ।

    Article inline ad #2

    म त अब जग्गाधनी पुर्जा पाइन्छ भनेर खुशी थिए उनले भनिन् “के को पुर्जा पाउनु उल्टै घरपनि गयो, साना नाती, नातिना सहित त्रिपालमुनी बसिरहेका छौँ, न खानलाई केही बचेको छ, न लगाउनलाई कपडानै, सबै सपना धनगढी उपमहानगरपालिकाले उडायो, अब कहाँ जाने, उल्टै नगर प्रहरी दिनदिनै आएर त्रिपालपनि हटाउ भन्छ, म यत्रो परिवार लिएर कहाँ जाने, सरकारलेनै हामीलाई लखेट्छ भने कहाँ जानु ।” पानी र हावाहुरी सँगै चल्न थालेपछि खाना पकाएर खाने ठेगान छैउनले भनिन् “पानीबाट आफू र बचेको सामान जोगाउने राम्रो त्रिपाल पनि छैन, वर्षा याममा खुला आकाश मुनि बालबालिकालाई कसरी जोगाउने ।”

    धनगढी उपमहानगरपालिकाले सार्बजनिक जमिन खाली गर्ने अभियान अनुसार अतिक्रमित जमिन खाली गर्नु सबैका लागी स्वागतयोग्य कदम हो । तर जमिन खाली गर्ने निहुँमा सुकुम्बासीहरुकोे बैकल्पिक ब्यवस्था नगरी डोजर चलाउँदा उनिहरुको बाँच्न पाउने अधिकारपनि हनन् भएको छ । यति मात्रै नभएर सार्बजनिक जमिन र खोलानालामा बनेका निजि तथा सामुदायिक भवनहरु भन्दा धनगढी उपमहानगरपालिकाको ध्यान सुकुम्बासीका छाप्रामाथी मात्रै जाँदा जनप्रतिनिधिको नियतमाथी समेत सकां गर्ने ठाउँ धेरै छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by