
विभिन्न क्षेत्रमा सुदूरपश्चिममा बैंकहरुले गरे एक खर्ब ४० अर्ब लगानी
धनगढीः सुदूरपश्चिम प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको ऋण लगानी एक खर्ब ४० अर्ब पुगेको छ।
सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक कर्जा शिर्षकमा २५ अर्ब २२ करोड ९४ लाख लगानी भएको छ। बैंक तथा वित्तीय संस्थाको सेवा क्षेत्रमा लगानीमा रहिरहेको कर्जा एक खर्ब ३ करोड ७ लाख पुगेको छ। कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जा ७१ दशमलव ११ प्रतिशत, खुद्रा विक्रेतासम्वन्धि व्यवसायमा ४३ दशमलव ५३ प्रतिशत, उपभोग्य कर्जामा २८ दशमलव शून्य १ प्रतिशत, अन्य व्यवसाय कर्जामा ९ दशमलव शून्य ६ प्रतिशत, पर्यटनमा ३ दशमलव १४ प्रतिशत र यातायात र सञ्चारमा ५ दशमलव शून्य ६ प्रतिशत लगानी भएको छ।
कुन जिल्लामा कति लगानी?
बैंक तथा वित्तीय संस्थामार्फत सेवा क्षेत्र कर्जा अन्तर्गत एक अर्ब ५३ करोड, बैतडीमा एक अर्ब २८ करोड, डडेल्धुरामा तीन अर्ब ३२ करोड र कञ्चनपुरमा १९ अर्ब १९ करोड ऋण लगानी भएको छ। त्यस्तै बझाङमा एक अर्ब ४५ करोड, बाजुरामा ७६ करोड, डोटीमा एक अर्ब ८४ करोड, अछाममा २ अर्ब ११ करोड र कैलालीमा सबैभन्दा बढी ६८ अर्ब ५६ करोड बैंक तथा वित्तीय संस्थाहरुले सेवा क्षेत्र अन्तर्गत ऋण लगानी गरेका छन्।



























One thing that stands out about Melbet Casino is the number...