Above Article Ad
  • प्रहरीको सक्रियता, चोरी भएका ५० मोटरसाइकल–स्कुटर धनीलाई फिर्ता

    Above Article Content Ad
  • काठमाडौँ – चोरी भएका सवारीसाधनको खोजतलासमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रभावकारी सक्रियता देखाएको छ। मिति २०८३।०५।३० गते, विभिन्न स्थान र समयमा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको हो।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो। प्रहरीको निरन्तर खोजतलास, प्राप्त सूचना तथा पीडितका निवेदनका आधारमा ती सवारीसाधन नयाँबसपार्क, टोखा, गंगाहिटी, बालाजु, बाफल, कपन, गोकर्ण, साँखु, मुलपानी, टिकाथली, लोलाङ, बोहोराटार, नेपालटार र नयाँबस्ती लगायतका क्षेत्रबाट फेला पारिएका हुन्।

    Article inline ad #1
  • Article inline ad #2

    केही सवारीसाधन वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। आज हस्तान्तरण गरिएका ५० सहित साउन महिनादेखि हालसम्म १४६ वटा चोरी भएका सवारीसाधन धनीलाई जिम्मा लगाइसकिएको ट्राफिक प्रहरीले जनाएको छ।

    चोरी नियन्त्रणसँगै प्रहरीले संलग्न व्यक्तिमाथि समेत कारबाही अघि बढाएको छ। चोरी भएका १२ वटा दुईपाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न २१ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर तथा वृत्तमा पठाइएको छ।

    सवारीसाधन फिर्ता पाएपछि धनीहरूले प्रहरीको खोजतलास र सक्रियताको प्रशंसा गर्दै सामूहिक रूपमा धन्यवाद व्यक्त गरेका थिए। प्रहरीले नागरिकको सम्पत्ति सुरक्षालाई प्राथमिकतामा राख्दै चोरी भएका सवारीसाधनको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिएको जनाएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सवारीसाधन चोरी हुन नदिन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन प्रयोग गर्न र सम्भव भएसम्म GPS जडान गर्न आग्रह गर्नुभएको छ। एकान्त तथा मानिसको आवतजावत कम हुने स्थानमा सवारी पार्किङ नगर्नसमेत उहाँले अनुरोध गर्नुभएको छ।

    सवारीसाधन हराएमा तत्काल ट्राफिक प्रहरी हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्न तथा नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।

    चोरी नियन्त्रणदेखि हराएको सम्पत्ति धनीको हातमा फिर्तासम्म-प्रहरीको सक्रियता, प्रविधिको प्रयोग र नागरिकसँगको सहकार्यले सुरक्षा अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6