Above Article Ad
  • कमल मन्दिरको त्यो कोमलता अनि नयाँ दिल्ली भ्रमणका स्मरणहरु

    Above Article Content Ad
  • अमित प्रसाद भट्ट
    सहायकस्तर पाचौं, शिक्षा शाखा बेलौरी नगरपालिका

    भारतको नयाँ दिल्लीको कमल मन्दिरमा हुने समाज निर्माण र शैक्षिक गुणस्तर अभिवृद्धि विषयक कार्यशालामा जानका निम्ति तारन्तारको सम्पर्क र समन्वय पश्चात २०८०।१२।७ दिउँसो ३ बजे तिर पुनर्वास हुदै आएको महाकाली यातायातको ७८९० नेपाल भारत मैत्री बसमा बसी नयाँ दिल्लीका लागि अगि बढ्योैं ,बे.न.पा.उपप्रमुख जोगराम चौधरी,रोजगार संयोजक नरेश प्रसाद भट्ट र म स्वयम् । बसमा पुनर्वास न.पा.का जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवाला तथा बैलौरी तथा बेल्डाँडीका सहभागी समेतको सहभागितामा लालझाडीका लागि अगाडी बढ्यौं ।

    Article inline ad #1
  • रामनगरको बाटो हुदै बल्मी तिरबाट समेत सहभागीहरुलाई बसमा लिइ चान्देवमा खानेपानी लिइ हामी आरक्षको ईन्र्टी पोष्ट हुदै अगाडी बढ्र्यौ । एसी गाडीमा वातानुकुलन मेसिन नचलेपछिको उकुसमुकुसले सबैलाई अप्ठेरो पारिरहेको थियो । सबैको माग समयानुसार ए.सी.चलेपछि विस्तारै तात्तिएको मनमा चिसो पसार्दै अगि बढिरहदा झलारी,महेन्द्रनगरमा समेत सहभागीहरु थपिनु भएको थियो । समान उद्देश्यका साथ फरक क्षेत्र,ठाउँका मानिसहरु एकिकृत रुपमा आपसी गफ गर्दै जादा बेग्लै रमाइलो अनुभव भइ रहेको थियो । तामांग समुदायका सहभागीले आफ्नो मौलिक भाषामा कुराकानी गर्दाका विषयहरु समेत अरुलाई पट्यार लाग्दा थिए ।

    Article inline ad #2

    गड्डाचौकी हुदै सशस्त्र सिमा बलको चेकिंग पश्चात हामी महाकाली नदीको पानी बग्ने स्थानमै बनेको बाटो हुदै बनबासाका लागि अगाडी बढ्यो,कारण अंग्रेजकालिन महाकाली (शारदा)नदी माथीको पुल निर्माण भइराखेकोले सोको बाटो केही समयका लागि बन्द गरिएको थियो । बनबासा बजारमा केही फास्टफुड खाइ हामी दिल्ली लोटस टेम्पल(कमल मन्दिर)लाई केन्द्रमा सजाइ अगाडी बढ्यौं । खटिमा बाइपासको बाटो हुदैे अगाडी बढी झन्कटमा खाना खाइ रात पनि दिन जत्तिकै उज्याला लाग्ने फराकिला बाटा हुदै यात्रा गर्दै हापुड शिवा ढावामा रिफ्रेस भयौं केहीबेर करीब २ः० बजेतिर । सो पश्चात २०८०।१।२।८ बिहान करिब ३ः३० बजेतिर हामीलाई लोटस मन्दिर नजिकै पुगि सकेको ईशारा दिइ बसले रोक्यो । सबै जना अर्ध निन्द्राको अवस्थामानै नजिकै रहेको लोटस टेम्पल परिसर प्रवेश गर्यौ,नाइट गेट ड्युटीका लागि खटिएका सुरक्षाकर्मी समेत आफ्नो ड्युटीमा तैनाथ थिए । हामी आवास गृहको रुम नम्बर १२ मा बस्नका लागि अनुमति पायौं । अरु सहभागी समेत पुर्व व्यवस्थापनबमोजिम निर्धारित कोठाहरुमा बस्नु भयो । एसी रुम, व्यवस्थीत कोठा,काजु किसमिस,ग्रिनटि,कफी,बिस्कुटले सजिएका टेबुल,ओैधी राम्रो व्यवस्था । सामान्य रिफ्रेस पश्चात हामी अल्पकालिन निन्द्रामा प्रवेश् गर्यौ,उक्त कोठामा बे.न.पा.रोजगार संयोजक(अधिकृत) र मेरा लागि बस्ने तय गरिएको थियो । प्रभात कालिन समयमा उठेर न्वाइध्वाइ गरी हामी मन्दिर परिसरसित प्रत्यक्ष साक्षात्कार गर्न तर्फ लाग्यौं । व्यवस्थापकीय पक्षबाट मलाई त्यो भ्रमण र २०८० असोजमा गरिएको सिएमएस लखनउको भ्रमणबिच समानता बोध भइरहेको थियो ।

    भिन्न भिन्न ४ पालिकाका सहभागी,नयाँ परिवेशमा आपसी कुराकानी गर्दै रमाइरहेका थियौं । सुन्दर पुष्प बगैंचा,मिहिन ढंगको सरसफाइ,श्वेत रंगको बिना मुर्तिको मन्दिर(उपासना गृह) । चारैतिरको अवलोकन गरी रातीबसेको कोठाको मुनिको तलामा रहेको भव्य डाइनिंग हलमा न्युर्टिसियस नास्ता लिइ,व्यक्तिगत र सामुहिक फोटा खिचाइ हामी पहिलो दिनको कार्यक्रम हुने हलका लागी अगाडी बढ्र्यौ । मौसमी अवस्थालाई ख्याल गरेर भवन बनाइएका रहेछन संगसंगै ठाउँको अवस्था समेत ख्याल गरी । तलौंतलाका भवनहरु थिएनन लोटस टेम्पल परिवेशमा तर ठाउँ भने पर्याप्त थियो ।

    स्पेश व्यवस्थापनको वैज्ञानिक तरिका हो जस्तो लागि रहेको थियो । सुन्दर परिवेशमा सुन्दर फोटाहरु लिदै कार्यक्रम स्थलका स्वदेशी तथा विदेशी स्वयम्सेवकहरु सित परिचय गर्दै हामी हलमा पुग्यौं । कुनै तेसो औपचारिकता बिना अगाडी बढेको कार्यक्रम लोटस टेम्पलका व्यवस्थापक जयदेवजीले सुरु गर्नु भयो । प्रेमिल स्वरबाट मुस्कान सहित कार्यक्रम अगाडी बढिसके पछि सोमनाथ रानासरले सहभागीको परिचय गराउदा पुष्प मालाले स्वागत भएको थियो । कार्यक्रम अन्तर्गतका ३ मुख्य दिन र फर्किने दिनको मोटामोटी सेडुल सहित बहाइ सम्बद्ध एसीया एडभाइजर यम प्रसाद आचार्यले केही महत्वपुर्ण विषय प्रष्टयाउनु भएको थियो । विभिन्न भाषामा प्राथनसंगै ईश्वरीय चिन्तन समेत सुरुवातमा भएको थियो । उद्घाटन सत्रमा सामान्य परिचर्चा पश्चात सहभागीहरुलाई नयां दिल्लीका विद्यालयको व्यवस्थापन पक्ष,गुणस्तर सुधारका विविध पक्ष ,दिल्लीको केजरीवाल शिक्षा अवधारणा र शिक्षकहरुको समर्पणका विषयमा जानकारी दिन २ वटा समुहमा २ वटा अलग अलग विद्यालयमा लगियो ।

    हाम्रो समुहको भ्रमणका लागि विद्यालय खुदवाइनगरको सर्वोदय विद्यालय(रानी दुर्गावती) विद्यालय थियो । मेन दिल्लीको आसपासमै रहेको विद्यालयमा जादा हामी बसबाट बाटाका यताउताका दृश्य समेत हेर्दै विद्यालय नजिक पुग्यौं । भव्य भवन र सरसफाइयुक्त कक्षा १२ सम्म पढाइ हुने विद्यालय रहेछ । अप्रिलबाट भारतमा पनि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले वर्षान्तको परीक्षा समाप्त भइ बिदा रहेकाले विद्यार्थीहरुसित साक्षात्कार गर्ने अवसर जुरेन । शिक्षक कर्मचारी मज्जाले मिलेर खाजा खाइराखेका देख्दा समन्वय,सहकार्य प्रचुर मात्रामा रहेको बोध भयो । हस्तनिर्मत सामग्री (आर्ट क्राफ्ट) लाई बढी जोड दिइएको पाइयो ।हरेक नोटिस, विषयवस्तु प्रायः आकर्षक तवरले हातले निर्माण भइ सजाइएका थिए । शिक्षकहरुमा पेशा प्रतिको उच्च समपर्ण देखिन्थ्यो संगसंगै प्रायः बहिमुर्खी स्वभाव । रेगुलेटरी निकायबाट प्रायः अनुगमन भरहने,प्रायः विद्यार्थी उपरको लगानी सम्बन्धीतकै खातामा जाने,दिवा खाजा व्यवस्थापन अन्तर्गत खाजाको परिकार बनिबनाउ आउने,सरसफाइका लागि कर्मचारी नियुक्त जस्ता थुप्रै विषयको बारेमा बोध गर्ने अवसर मिल्यो त्यहाँका शिक्षिकाबाट । कम्प्युटर प्रयोगात्मक र क्रापm्ट स्किललाई उत्तीकै महत्व दिइएको विद्यालयको नामाकरण स्वतन्त्रता सेनानी रानी दुर्गावतीको नामबाट भएको रहेछ ।

    नजिकका अरु तल्लो तहका विद्यार्थीलाई अनिवार्य भर्ना लिनु पर्ने(पेरेन्ट स्कुल) र अरु विद्यार्थीको सामान्य छनौट परीक्षाबाट भर्ना लिने प्रचलन रहेको विद्यालयमा उर्जावान विद्यार्थीहरुको उपस्थिती रहेको अनुभव निर्मित सामग्रीले दिइरहेको हुन्थ्यो । दिल्ली केजरीवाल मोडेल अन्तर्गत हेप्पीनेस प्रोग्राम,केरियर काउन्सीलिंग प्रोग्राम, भौतिक संरचना सुधार कार्यक्रमबाट विद्यालय सम्बद्ध हार्डवेयर र सफ्टवेयर दुवै पाटोको विकासमा ध्यान दिएको पाइयो । सर्वोदय विद्यालय पनि नजिकका विभिन्न विद्यालय मर्ज भएर बनेको नयाँ विद्यालय रहेछ ,आधुनिक पुर्वाधार सहितको । रमाइलो परिवेशबिच विद्यालयका प्रधानाध्यापक डा.शशि भुषण कुमार सित समेत केही विद्यालयको उक्त अवस्था सम्म पुग्दाको अवस्थाबारे छलफल गरी कमल मन्दिरको तिर प्रवेश गर्यौ । गन्तव्यमा पुगी खाना खाइ केहीबेर आराम गरी हामी करिब ३ बजे तिर मिटिंग हलमा जानु पुर्व बहाउल्लाहको जीवनी र तत्कालिन समयमा प्रयोग हुने सामग्रीबारे स्वयमसेवी गाइडहरुबाट जानकारी लिइ मिटिंग हलमा प्रवेश गर्यौं । बिहान भएको विद्यालय भ्रमणको सिकाइबारे दुवै समुहबाट प्रतिनिधि रुपमा सहभागीहरुले मन्तव्य राख्नु भयो ।

    राजनीतिबाट टाढा शिक्षक,कर्मचारी र केही न केही नयाँ गरौं भन्ने सरोकार निकायको हुटीहुटीले विद्यालयले प्रगति गरेको बारे सबैले साझा धारणा बनाएका थिए । सो पश्चात चिया नास्ताको रिफ्रेससँगै एक टोली भारतको राष्टिय आध्यात्मीक सभाको स्थापनाको १०० वर्ष पुगेको अवसरमा मन्दिर परिसर भित्रै आयोजित समारोहमा सहभागी हुन गयो भने अर्को ठुलो टोली बहाइ मन्दिरको इतिहास,समाजमा शिक्षा र परामर्शको महत्व,समुन्नत समाज निर्माणमा अगुवाको भुमिकाका विषयमा श्रव्य दृश्य जानकारी लिन मिनि अडिटोरियम तर्फ लाग्यो । करिब ७ः३० बजेतिर सो प्रस्तुतीको समापन कोठाको अल्पकालिन विश्राम पछि भोजन ग्रहण गरी चौरको खुला आकाशमुनी केही आपसी कुराकानी गर्दै रात्री निन्द्रामा विलिन भयौं ।
    चैत ९ को प्रभातमा नित्य कर्म पश्चात सुन्दर परिवेशमा सजिएको कमल मन्दिरको परिवेशमा प्रवेश गयौं । अण्डर ग्राउण्ड कोठाहरु,सो माथी निर्मित तलाउ,सो माथी कमलाकृतिको मुर्ति बढो आकर्षक थियो । वर्षौको तयारी र समय पश्चात निर्मित मन्दिर अद्भुत रहेछ । अत्यन्त शान्ति प्राप्त हुने । पुजापाठ केही नहुने र मुर्ति पुजा समेत नहुने उक्त मन्दिरमा मान्छेहरु उपासना ध्यान एकचित्त भइ गर्दा रहेछन । अलौकिक खुसीको अनुभुति हुदो रहेछ यहाँ । शोभा वृद्धिका श्वेत फुलहरु सजाइदा रहेछन । विभिन्न धर्म ग्रन्थका लोकहित समेट्ने मन्त्रहरुको उच्चारण सोही भाषामा हुने रहेछ यहाँ । सो पश्चात हामी नास्ता ग्रहण गरी अघिल्लो दिनको समिक्षा र समाज निर्माणमा शासकवर्गको भुमिका पुस्तकको सामुहिक परिचर्चा गरी सिएमएस लखनउका प्रिन्सिपल डा.गीता गान्धी किंगडमका केही महत्वपुर्ण उद्गार सुनि भारतको राष्टिय आध्यात्मीक सभाको मुख्यालय प्रवेशका लागि २ वटा बसमा रमाना भयौं ।

    भव्य हलमा भव्य स्वागतका बिच केही विषयवस्तुको अति संक्षिप्त जानकारी लिइ विशेष तवरको रिसेप्सनमा सहभागी भयौं । सो ग्रहण गरी बिहारमा बन्न लागेको उपासना गृह सम्बद्ध भिडियो र केही प्रेरक भिडियो हेरी हामी भारतका प्रथम व्यक्तिको कार्यालय,आवास हेर्नका खातिर राष्टपति भवन प्रवेश गर्यौ । अनलाइन प्रणालीबाट रजिष्टेशन गराइ त्यस्ता विशिष्ट व्यक्तिको परिसरमा जान सकिदो रहेछ भन्ने भान भयो त्यहाँबाट । आवश्यक सुरक्षा जाँच गराइ हामीले राष्टपति भवनका विभिन्न हलहरु,निवास स्थान,बर्षौ पुरानो बुद्धको मुर्ति लगायतका कुरा हेर्यौ । वृहत जमिनमा विशालकाय रुपमा फैलिएको छ राष्टपति भवन । प्राचिनता झल्काउने विभिन्न सामग्रीहरु आधुनिक तवरले सजाइएका छन । हामीलाई ति सबै विषयको जानकारीका निम्ति निःशुल्क गाइडको व्यवस्था राष्टपति कार्यालयबाटै गरिएको थियो ,यो सुविधा सबै भिजिटरलाई प्राप्त हुदो रहेछ । हामीले त्यहाँ एकल र सामुहिक फोटाहरु दीर्घस्मृतीका लागी लियौं र संसद भवनका लागि रमाना भयौं । संसद भवन जत्तिकै उचाइमा बाउण्डरी थियो ।

    ३ ठाउँको अत्यन्त कडा सुरक्षाका बाबजुद हामी लोक सभाको बैठक बस्ने हलमा पुग्यौ । भारत जस्तो विशाल देशका सबै क्षेत्रका जनप्रतिनिधि आएर विधि विधान तयार गर्ने ठाउँ भएरनि होला अत्यन्त कडा निगरानी । लोक सभा बैठक हलका हरियो कुर्सी जो टेलीभिजनका पर्दामा देखिन्थे,प्रत्यक्ष देख्ने अवसर मिल्यो । अडिटोरियम जस्तै बिचको गहिरो भागमा बैठक कक्ष त्यसको चारै तर्फ माथी विभिन्न क्षेत्रका मान्छेले बस्ने कक्ष आकर्षक तवरको थियो । त्यस पछि हामी त्यसै भित्र अर्को ठाउँमा रहको राज्य सभाको बैठक कक्ष हेर्न गयौं । बढो आकर्षक,अलिक राता रंगका कुर्सीहरु बस्नका निम्ति । भारतमा उपराष्टपति स्वतः राज्य सभा अध्यक्ष हुने व्यवस्था रहेछ । कमल र मयुराकृतिको ढाँचामा यि बैठक कक्ष बनेका रहेछन । भारतले लोकतन्त्रलाई यति बढी अभ्यास गरेको छ कि देशका मुख्य मुख्य केन्द्रमा समेत आम मानिसको सहज उपस्थिति हुन सक्छ र त्यहाँका गतिविधिबारे आम मानिसले सहजै बुझ्न र जान्न पाउँछन ।

    लोकतन्त्रमा हरेक गतिविधि जनसमक्ष छर्लंग हुनु पर्ने मान्यताको प्रष्ट कार्यान्वयन गरिएको छ यहाँ । वास्तुशास्त्र र वैदिक परम्परालाई समेत उच्च स्थान दिइएको छ यहाँ । श्रीमद्भवगत गीताका जीवन प्रेरक श्लोकहरु ठाउँठाउँमा लेखिएका छन । पृथ्वीले सुर्यका परिक्रमा कसरी गर्छ भन्ने विषयमा समेत सहजै बुझ्ने गरी प्रष्टयाइएको छ यहाँ । हरेक प्रदेशको संस्कृति झल्कने कलात्मक विषयहरु समेटिएका छन् संसद भवन भित्र । भारतमा संविधान जारी भएको दिनको शौर्य मण्डलको पुरै अवस्था चित्रित हुने गरी छतमा आकृति कोरिएका छन ताम्रपत्रमा । संविधानलाई डिजिटल रुपमा राखएिको छ जसलाई आम मानिसले चाहेको भाषामा पढ्न पाउँछन । भारतको देशव्यापी कानुन निर्माण हुने सर्वोच्च संस्थाको स्थलगत अवलोकन पश्चात २ वटा बसमा रहेको टोली ईन्डिया गेट तर्फ प्रस्थान गर्यो । भारतको एकीकरण समयका विभिन्न प्रसंगसित जोडिएको सो गेट र तत् तत् स्थलहरुको भ्रमण गरी व्यक्तिगत र सामुहिक फोटो लिइ कालकाजी मेर्टो स्टेशन नजिकको लोटस टेम्पल परिसर पुग्यौं । डायनिंग रुममा खाना खाइ लोटस टेम्पलको दृश्यावलोकन गरी कुराकानी गर्दै रात्रिकालिन निन्द्रामा विलाप भयौं ।

    चैत १० बिहानै नित्यकर्म पश्चात लोटस मन्दिरमा शान्ति ध्यान गरी सो मुनि रहेका लाइब्रेरी,प्रशासकीय भवन,हल लगायतको भ्रमण गरी खाजा खाइ नियमित सेसनका लागि कार्यक्रम स्थल(हल)मा प्रवेश गर्यौं । अगिल्लो दिनको परिचर्चा पश्चात परामर्शको महत्व चर्चा सँगै समुन्नत समाज निर्माणमा शासकवर्गको भुमिका विषयमा अन्तरक्रियात्मक परिचर्चा सँगै चिया ब्रेकपश्चात टोली एउटै बसमा दिल्लीको आकर्षणका रुपमा रहेको अक्षरधाम मन्दिरका लागि प्रवेश गर्यौं । सन् २००० को दशकमा निर्मित अक्षरधाम मन्दिर श्वेत रंगमा बिना सिमेन्ट,छडबाट बनेको सुन्दर मन्दिर रहेछ । मन्दिर क्षेत्रकै गाइडबाट विस्तृत सोबारे जानकारी लिइ हामी अर्को गन्तव्यका लागि केही फोटा लिइ अगाडी बढ्यौं । लालकिल्ला परिसरलाई बाहिरैबाट हेरी चाँदनी चौक समेत हेरी लोधी गार्डन तर्फ गयौंं । लोधी गार्डन भित्र प्राचिन मुगल शासकको दरबार समेत रहेछ । मान्छेहरु खेल्न,रमाउन हरियाली बगैचा,पिकनिक स्पट समेत । केही निश्चित चराचुरुंगी समेत हेर्र्न मिल्दो रहेछ त्यहाँ,फाउन्टेको मज्जा लिन समेत । सो पश्चात हामी आउने दिनमा प्रसिद्ध पर्यटकीय स्थल ताजमहल,धार्मिक स्थल वृन्दावन जाने तथा नजानेमा वहस गर्दै निवास स्थल लोटस टेम्पल पुग्यौं । अडिटोरियम हलमा सांगितिक कार्यक्रम भइरहेको थियो त्यसको समेत अवलोकन गरी हाम्रो टोलीका ऋषि राज रानाको प्रस्तुती समेत हेरी भोजनका लागि प्रवेश गर्यौ । भोजन पश्चात रात्रिकालिन सुन्दर खुला आकाश मुनीको बिदाइ समारोह अत्यन्त प्रेरक थियो । प्याराफिट जस्तै स्थानमा लहरै बसेका सहभागी,साधु तामांग सरको पे्रमिल उद्बो्धन आकर्षक थियो र सो क्षेत्र छाडेर कार्यक्षेत्रमा फर्किनु पर्नाले न्यास्रो समेत भइ राखेको थियो । सहभागीबाट बेलौरी नगर उपप्रमुख जोगराम चौधरी लगायतले कार्यक्रमबारे मन्तव्य राखे पश्चात यम प्रसाद आचार्य र जयदेव सरको अभिव्यक्ति समेत भावयुक्त थियो । समुन्न्नत समाज निर्माणमा हाम्रो पनि केही न केही योगदान हुनु पर्छ र संस्कार समेत शिक्षामा जोडेर अगाडी बढ्नु पर्छ र सिकेका ,देखेका कुरालाई केही न केही रुपमा भएपनि व्यवहारमा उतार्ने प्रयास गर्नु पर्दछ भन्ने आश्यको मन्तव्य पश्चात सहभागीलाई लोटस टेम्पल अंकित मायाको चिनो र टिसर्ट वितरण र सामुहिक फोटो क्लिकसँगै कार्यक्रमको समापन भएको थियो । होलीको समय समेत चलिरहेकाले त्यहाँ तालिम लिन आएका नवयुवक समेत मिलि होली गित गाइ,नाँची रमाइलो गरी निन्द्राका लागि प्रस्थान गर्यौं ।
    चैत ११ कार्यक्रम समापन पश्चातको अनौपचारिक दिनमा हामी बिहानको नित्यकर्म पश्चात लोटस टेम्पलमा शान्ति ध्यान पछि खाजा लिइ महात्मा गाँन्धीको समाधिस्थल राजघाटको लागि वैयक्तिक काम गएका सहभागी बाहेक सामुहिक रुपमा निस्कियौं । हे राम लेखिएको श्वेत पुष्प अर्पित गरिएको ठाउँको अवलोकन गरी सामुहिक र एकल फोटो लिइ बाहिरी परिसरमा चस्मा ,घडी लगायतका सामग्री खरिद गरी लालकिल्ला तर्पm प्रस्थान गर्यौ ।

    लोटस टेम्पलबाटै गएका स्वयम्सेवकहरुले हामीलाई विभिन्न समुहमा अवलोकनको सहजताका लागि बाँड्नु भयो र आयोजकबाटै तोकिएको शुल्क व्यवस्थापनमा विभिन्न क्षेत्र हेर्दै फोटो क्लिक गर्दै लोटस टेम्पलका लागि प्रस्थान गर्यौ । दिउँसोको भोजन ग्रहण पश्चात हामी केहीबेर रेष्ट गरी ८ सदस्यीय टोली मेर्टो चढ्न र केही शपिंग गर्न भनि सरोजीनी नगरका लागि टिकट लिइ मेर्टो चढ्यौं । ए.सी चलेको,मान्छेहरु खचाखच भरिएका,सरसफाइयुक्त रमाइलो वातावरण थियो मेर्टोमा । अत्यन्त ज्यादा मान्छेहरुको आवतजावत हुदो रहेछ मेर्टोमा,सेवाको सहजता र भाडादर पनि तुलनात्मक रुपले कम भएर होला । दुईवटा जंक्सनमा अर्को मेर्टो बदली गरी हामी सरोजिनीनगर स्टेशनमा ओर्लियौं । पैदल हिनेर विशालकाय बजार पुग्यौं,कपडा ,झोला ,पर्स सम्बद्ध प्रायः सबै सामग्री पाउँदो रहेछ त्यहाँ । आवश्यकतानुसार सामग्री किनि मिठो चिया समेत खाइ हामी पुन ःमेर्टोमा चढी कालकाजी स्टेशनमा जक्सन परिवर्तन गरी पुग्यौं । किनमेल गर्दाको थकान समेत मेट्ने उद्धेश्यले पुनः चियाको रिफ्रेस पश्चात हामी लोटस टेम्पल परिसर प्रवेश गर्यौं ।

    खाना खाइ केहीबेर विश्राम गरी हामी राति ९ बजेको हाराहारीमा आउँदा बखतकै नेपाल भारत मैत्री ७८९० नम्बरको बसमा चढी गन्तव्यका लागि प्रस्थान गर्यौं । बसमा भ्रमण अवधिका फोटाहरु शेयर भइरहेका थिए,एकबाट अर्काकोमा । बिहान झ्यासमिसेमै बनबासा नजिक बसले हामी सबैलाई पुर्याइसकेको थियो,चिया खाइ घरका लागी चाहिने केही सामान किनि हामी शारदा इन्टरकलेज नजिकको टोल टेक्सको नियमानुसार तोकिएको समय रोकिइ अगाडी बढ्यौं । भारत र नेपाल सिममा आवश्यक चेक जाँच गराइ २०८०।१।१२ बिहान ७ः३० बजेतिर महेन्द्रनगर हुदै गाडी लालझाडी गा.पा.को चान्देव समेतलाई केन्द्रमा राखेर पुनर्वासका लागि अगाडी बढ्यो ।
    सबैजना सकुशल आआफ्नो गन्तव्यमा पुग्यौं । ४ दिनको भ्रमण,अन्तरक्रिया,संवादको कार्यक्रम अत्यन्त प्रभावकारी रह्यो । यस प्रकारको कार्यक्रमको निरन्तरताको अपेक्षा गर्दै आयोजकवर्गमा हार्दिक धन्यवाद ।

    (लेखक भट्ट शिक्षा शाखा बेलौरी नगरपालिकाको सहायकस्तर पाचौं तह कर्मचारी हुन् ।)

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button