Above Article Ad
  • बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधिको सय दिनको कार्यप्रगती सार्वजनिक

    Above Article Content Ad
  • बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधिहरुले एक सय दिनमा गरेको कार्य प्रगती सार्वजनिक गरेको छ ।

    बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले पदभार ग्रहण गरेको सयदिनको अवधिमा गरेका निर्णय योजना कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    Article inline ad #1
  • गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले सय दिनको अवधिमा गाँउपालिका जनप्रतिनिधिहरुले कामहरु सार्वजनिक गर्दै केही उपलब्धीमुलक र केही पहल भईरहेको बताए ।

    Article inline ad #2

    प्रवक्ता विष्टले सय दिनको अवधिमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारदेखि विवित विषयमा कामकाज सम्पादन गरिएको बताए । रेबिज खोप, पोष्टमास्टमका काम अघि बढाईएका छन ।अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने देखि आँखा अस्पतालको शाखा विस्तार, रेडक्रसको शाखा विस्तारको योजना अघि सारेको छ ।

    बेलडाँडीमा विवित स्थानीय समस्या समाधानका लागि सम्बन्धीत मन्त्रालयमा ज्ञापन पत्र बुझाईएको छ ।गाँउको समग्र शिक्षा, स्वाथ्य,यातायात, खानेपानी, पूर्वाधारदेखि संरक्षणका कामकाज शुरु गरिएका छन ।

    बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले बेलडाँडीको अहिले सम्म नपाएका स्वाथ्य सुविधा , महिलाको बृद्धि विकासका लागि ४० वर्ष माथिका अविवाहित र तेश्रो लिङ्गी लाई एकल महिला सरह भत्ता दिने थुप्रै योजना अघि बढाएको बताउँदै, उनले स्वास्थ्य क्षेत्रमा पनि स्थानीय बसोवास गर्ने परिवारमा छोरी जन्म भएमा ३००० उपलब्ध गराई बेल्डाँडी भित्र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र बाहिर जनपरेमा ५० प्रतिशत छुट गरी एम्बुलेन्स सेवा सुविधा स्वास्थ्य क्षेत्रमा थुप्रै सुधार भएको बताइन्।

    गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले क्रमिक रुपमा गाँउको बृद्धि विकासका लागि पहल भईरहेको बताए ।गाँउपालिका अध्यक्ष रानाले समग्र गाँउको विकासका लागि स्थानीय एव अन्य स्रोत परिचालन गरेरै भएपनि गरिने बताए ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by