
खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तानान्तरण कार्यशाला सम्पन्न
स्थानीय समुहद्धारा फियान नेपाललाई सम्मान
बाँच्न पाउने अधिकारको आधार : खाद्य अधिकार भन्ने मुल नाराका साथ खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तानान्तरण कार्यशाला सम्पन्न भएको छ । फियान नेपालको आयोजनामा कञ्चनपुरको पुनर्वासमा उक्त कार्यशाला समपन्न भएको हो ।फियान नेपालले विगत दश बर्ष देखी सो क्षेत्रमा रहेका जंगली बन्यजन्तु पिडीतका बिषय, खाद्य अधिकार हनन्का विषयमा पैरवी गर्दे आएको वन्यजन्तु प्रभावित समुह कञ्चनपुरका अध्यक्ष केशब प्रसाद तिमिल्सेनाले बताउनुभयो । फियान नेपालले आफुहरुलाई सिकाएको ज्ञान, तालीमहरुले अबको दिन कुनैपनी काम गर्न सहज भएको उहाँले बताउनुभयो ।
खाद्य अधिकार प्रभावित समुहको पैरबि कार्ययोजना तर्जमा तथा सवाल हस्तानान्तरण कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले फियान नेपालले गरेको कार्यक्रम यस क्षेत्रका लागी बरदान सावित भएको बताउनुभयो । विगत १० बर्ष देखी फियान नेपालको सहयोगमा यस क्षेत्रका जनताले खाद्य अधिकारको सवालमा मात्रै नभई बन्यजन्तु बाट हुनसक्ने जोखीम न्युनिकरणका लागी पनी धेरै कामहरु गर्न सिकेको बताउनुभयो ।
खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जमा तथा सवाल हस्तानान्तरण कार्यक्रममा फियान नेपालले गरेको कामको उच्च मुल्याङ्कन गर्दै स्थानीय समुहले सम्मान समेत गरेको छ । कार्यक्रममा पुनर्वास ७ का वडाध्यक्ष मुलचन्द राना, पुनर्वास ९ का वडासदस्य राजन सुनार, स्थानीय खाद्य अधिकार सञ्जालका अध्यक्ष कञ्चन गिरी, स्थानीय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।