
साईकलमै सरर कुदिरहेका देखिन्छन् पुनर्वासका निर्वतमान वडाध्यक्ष चौधरी
पुनर्वास– हेर्दा पातलो शरिर, सर्लक्क देखिने बोलीमा मिठासपन भएका पुनर्वास नगरपालिका–२ का निर्वतमान वडाध्यक्ष सन्तकुमार चौधरी आजभोली साईकलमा सरर कुदिरहेका देखिन्छन् ।
वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा कंचनपुरको पुनर्वास नगरपालिका–२ बाट वडाध्यक्षमा चौधरी निर्वाचित भए ।
निर्वाचित पछि राज्यको सुविधा वापत पाएको सेतो नम्बर प्लेटको मोटरसाईकलमा पाँच वर्ष बिताए ।
“जनताको प्रतिनिधि हुँदा जनताकै सेवामा मोटरसाईकल प्रयोग गरे, तर म पहिले पनि सामान्य साईकलमै चढ्ने व्यक्ति थिए र अझै पनि साईकलमै छु ।” निर्वतमान वडाध्यक्ष चौधरीले भने, “साईकलमै चढ्दा सानो भईने हैन, त्यसो हुन्थ्यो भने त कोरियाका राष्ट्रपति सार्वजनिक यातायातमा हिड्छन् ।”
हाम्रै देशमा बेरोजगारीको ठुलो समस्या रहेको सुनिन्छन् तर बेरोजगार व्यक्ति ४÷५ लाख पर्ने मोटरसाईकलमा मासिक १०÷१५ हजार खर्च गरी चढिरहेका घटना हाम्रै समाजमा देखिन्छन् उनले बताए ।बेरोजगारले मासिक १०÷१५ हजार खर्च गर्दै बेरोजगार भन्नु भन्दा साईकलको प्रयोग गरी त्यो खर्च बचाउनु नै रोजगार हुने उनको भनाई छ ।अत्यावश्यक बाहेकका काममा साईकल चलाए स्वास्थ्य र आर्थिक अवस्थामा निकै सुधार हुने निर्वतमान वडाध्यक्ष चौधरीले सुनाए ।
साईकलमा सरर कुदिरहेको देख्दा प्रायः धेरैले थुप्रै प्रश्न गरिरहेका हुन्छन् । अरुले जेसुकै भनेपनि साईकल चलाउनु बेईजत हैन, स्वास्थ्यका लागि महत्वपुर्ण मानिने एक साधन हो । त्यसैले सबैलाई उनले अनुरोध गरेका छन् ।
उनी हाल नेकपा माओवादी केन्द्र पार्टी पुनर्वास नगर कमिटी उपाध्यक्ष हुन् ।