Above Article Ad
  • पुनर्वास नगरपालिका साक्षर पालिका घोषणा

    Above Article Content Ad
  • पुनर्वास- “शिक्षित नेपाली: साक्षर नेपाल” भन्ने नारा सहित कंचनपुरको पुनर्वास नगरपालिका साक्षर घोषणा गरेको छ ।

    शनिबार नगर पालिकाको सभाहलमा कंचनपुरका जिल्ला समन्वय समिति प्रमुख
    दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यमा पुनर्वास नगरपालिकालाई पनि साक्षर घोषणा गरेको हो ।

    Article inline ad #1
  • कंचनपुर जिल्लामै साक्षरता घोषणा सुरुवात लालझाडी गाउँपालिकाले गरेको थियो भने पुनर्वास नगरपालिका अन्तिम पालिका बनेको छ ।

    Article inline ad #2

    नगर प्रमुख तोयप्रसाद शर्माको सभाध्यक्षमा भएको साक्षर घोषणा कार्यक्रममा नगर उपप्रमुख लगायत जनप्रतिनिधि , विभिन्न राजनीतिक दल, सुरक्षा निकाय, बिधालयका शिक्षक, पत्रकार र स्थानीय बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो ।

    पुनर्वास नगरपालिकाको साक्षरता स्थिति हेर्दा १५ देखि ६० वर्ष उमेरका ४३ हजार ६ सय ७६ जना साक्षर छन भने २१ सय ७८ जना निरक्षर अर्थात ९५.२५ प्रतिशत साक्षरता रहेको नगरपालिकाका शिक्षा शाखा अधिकृत शिवराज भट्टले जानकारी दिए ।

    शिक्षा शाखा अधिकृत भट्टले साक्षर घोषणाको मापदण्ड र नगरको साक्षर अवस्था बारे कार्यक्रममा उपस्थित समक्ष प्रकाश पारेका थिए ।

    नगरपालिकाका योजना अधिकृत शंकर बोगटीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन नगरपालिकाका प्राविधिक ओमनाथ ढकालले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button