Above Article Ad
  • विज्डम स्पिकिङ्ग आइडल-२०८० सम्पन्न

    Above Article Content Ad
  • बेलौरी- कंचनपुर बेलौरी नगरपालिका-६ स्थित विज्डम एकेडेमीमा आयोजित विज्डम स्पिकिङ्ग आइडल-२०८० सम्पन्न भएको छ।

    आजको अन्तिम चरणमा कक्षा १० मा अध्ययनरत छात्रा गरिमा चन्द बिजेता भएकी छन भने उपविजेता कक्षा ८ मा अध्ययनरत छात्रा स्वस्तिका बडुवाल, तृतीय कक्षा ७ मा अध्ययनरत छात्र सौगात चन्द, चतुर्थ कक्षा ७ मा अध्ययनरत छात्र दिपेश भट्ट र पाचौं स्थान कक्षा ७ मा अध्ययनरत छात्रा अनुजा थापाले प्राप्त गरेकी छन।

    Article inline ad #1
  • स्पिकिङ्ग आइडल सात चरणमा गरिएको एकेडमीका प्रबन्ध निर्देशक दिनेश कुँवरले बताउनुभयो। उहाँका अनुसार सातौ चरण पार गर्दै आएका बिद्यार्थीहरु फाइनलमा प्रवेश गरेका थिए। सहभागी विद्यार्थीहरुमध्येबाट अन्तिम चरणमा ५ जना विद्यार्थी छनोट भएका थिए।

    Article inline ad #2

    स्पिकिङ्ग आइडल-२०८० मा बिजेता, उपबिजेता लगायत सहभागी पाँच जना बिद्यार्थीलाई ट्रफी,प्रमाणपत्र प्रदान गरिएको थियो। अन्तिम१० सहभागी बिद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।एक महिना अघिबाट सुरु भएको उक्त स्पिकिङ्ग आइडल-२०८० शुक्रबार सम्पन्न भएको हो। उक्त स्पिकिङ्ग आइडलमा कक्षा १ देखि १० सम्मका ६० जना विद्यार्थी सहभागी भएका थिए ।

    बेलौरी नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्ट र शान्ति माध्यमिक बिधालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले निर्णायकको भुमिकामा रहनु भएको कुँवरले बताउनु भयो।

    क्षेत्रकै उकृष्ट विद्यार्थी उत्पादन गर्न सफल भएको बिधालयले बिद्यार्थीको चौतर्फी बिकासका साङ्तिक, खेलकुद कार्यक्रम, हाजिरीजवाफ लगायत विभिन्न अतिरिक्त कार्यक्रम गर्दै आइरहेको प्रिन्सिपल गोविन्द थापाले बताउदै बिधालयहरुले विद्यार्थी संख्यावृद्धि गर्न मात्र ध्यान दिएकोले विज्डम एकेडमीले अबका दिनमा विद्यार्थी संख्या बढाउन ध्यान दिनुभन्दा शिक्षाको गुणस्तर वृद्धि गर्ने बताउनुभयो । २०६५ सालमा स्थापना भएको एकेडेमीमा ५५० जना विद्यार्थी अध्ययन गरिरहेको उहाले बताउनुभयो । कार्यक्रममा  सहभागी विद्यार्थीका अविभावकहरुको समेत सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button