
बेलौरीको जन नमुना माध्यामिक बिद्यालयले २२ औ बार्षिकउत्सब तथा अभिभावक दिवस मनायो ।
बेलौरी :
कंचनपुरको बेलौरी नगरपालिका ५ रामनागरमा रहेको जन नमुना माध्यामिक बिद्यालयले आफ्नो स्थापनाको २२ औ बार्षिकउत्सब तथा अभिभावक दिवस मनाएको छ ।
बार्षिक उत्सब समारोहमा बोल्दै बेलौरी नगरपालिकाको नगर प्रमुख पोतिलाल चौधरीले बिधालय स्थपना गर्न एक परिवार एक हजार रुपैया चन्दा उठाएर बिद्यालय बनाएको बताउनुभयो ।
अहिले आवश्यकता अनुसारको संरचना बनेपनी बिद्यालयलाई प्राबिधिक बनाउने आफ्नो योजना रहेको उहाँले बताउनु भयो । यस क्षेत्रको बिकासमा पनि धेरै परिवर्तन हुँदै गएको छ, किसानको छोरोले टिकट पाएर आज धेरै काम गरिएकोले यो परिवर्तन सम्भब भएको उहाले बताउनुभयो । बेलौरिको बिकासमा पुर्बमन्त्री बिना मगरको महत्त्वपूर्ण भुमिका रहेको समेत उहाले बताउनुभयो ।
बेलौरी मै जन नमुना माबी अंग्रेजी माध्यम बाट दस कक्षा सम्म पढाइ हुने बिधालय रहेको नगर प्रमुख चौधरीले बताउनु भयो ।
यस्तै प्रमुख अतिथिको आसनबाट बोल्दै पुर्व खानेपानी मन्त्री बिना मगरले बेलौरिको रामनगर क्षेत्र आफ्नो महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभयो । हिजोका दिनमा भन्दा आज बिकास निर्माण लगायत सबैकुरामा परिवर्तन देखा परेको बताउदै उहाँले बिधालयलाई आवश्यक पर्ने सबैकुरामा सहयोग गर्ने बताउनुभयो । बिधालय नाममा मात्रै नभई हरेक क्षेत्रमा नमुना बनेर बेलौरीको अग्रस्थानमा आएको आफुले हेर्न चाहेको उहाको तर्क छ।
पछिल्लो समय बालबालिका तथा विद्यार्थी बिग्रँदै गएकाले अभिभावकले आफ्नो बालबच्चा कहाँ के गर्दै छन् भन्नेमा चनाखो हुनुपर्नेमा बिधालयका प्रधानाध्यापक शिबलाल राना अभिभावकहरुलाई सचेत गराउनु भयो । कार्यक्रमको सभापतित्व बिधालयका अध्यक्ष अमर चौधरीले गर्नु भएको थियो । कार्यक्रममा बार्षिक उत्सब समारोहमा विभिन्न प्रतियोगितामा जित हासिल गरेका बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यस्तै विद्यालयलाई सहयोग पुर्याउने अभिभावक लगायत पुर्व समितिका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विभिन्न कला सस्कृती झल्कने नृत्य समेत प्रस्तुत गरिएको थियो ।