Above Article Ad
  • पुनर्वासको ढक्काबाट खैरो हिरोईन सहित एक जना पक्राउ

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-१, ढक्काबाट लागुऔषध (खैरो हिरोईन) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सोमबार राती ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लको नेतृत्वमा खटिएको पाँच जना प्रहरी टोलीले चेकजाँचका क्रममा बेलौरी नगरपालिका १ खिरिया बस्ने २८ वर्षिय राम अवतार रानालाई पक्राउ गरेको हो ।

    Article inline ad #1
  • सु.प.प्र.०१०१० प. ३३५० नम्बरको मोटरसाइकलमा सवार रहेका रानाको दाहिने गोजीबाट प्लास्टिकमा बेरेर राखेको अवस्थामा ४.५८ ग्राम खैरो हिरोईन फेला परेको प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।

    Article inline ad #2
  • पक्राउ परेका रानालाई थप अनुसन्धान गरिरहेको र कानुन बमोजिम कार्वाही गरिने प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

    लागुऔषध सहित प्रहरीले धमाधम पक्राउ गर्दै आएपनि यसको कारोबार र सेवन गर्ने व्यक्तिहरु भने घटेको देखिन्न ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button