Above Article Ad
  • कञ्चनपुरमा पुल मुनी २० वर्षदेखि २० परिवारको बास

    Above Article Content Ad
  • कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुल मुनी बिताउदै एका छन्।

    डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित भएका बोहरा विसं २०६२ देखि बनहरा पुलको ओत लागेर बस्न थालेका हुन्। “सम्पत्तिका नाममा केही छैन। गरिखान मजदुरी गर्न कहिले मिल्छ, कहिले मिल्दैन।” बोहराले दुःखेसो गर्दै भने, “यो पुल मुनि ओत लागेर बस्न थालेको २० वर्ष भयो।”बोहरा मात्रै होइनन्, २८ परिवारले पुलमुनि जीवन बिताउँदै आएका छन्। यहाँ बसोबास गर्नेले पुल छेउमै पाल टाँगेर टहरा बनाएका छन्। बनहरा नदीमा आउने बाढीबाट बच्न अग्लो स्थानमा पाल टाँगेर अस्थायी रूपमा बस्ने ठाउँ बनाएको बोहराले बताए। “हिउँदमा जेनतेन दिन बित्छ। तर, वर्षादको समय निकै कष्टपूर्ण हुन्छ” उनले भने, “बाढी आउने डरले राजमार्गको अग्लो स्थानमा पाल टाँगेर बसेका छौँ।”

    Article inline ad #1
  • निर्वाचनका समयमा आउने नेताहरूले सुरक्षित बसोबासको व्यवस्था गर्ने बाचा गरेको एक दशक बितेको उनले भने। “आश्वासन दिएर जान्छन्। त्यसपछि अर्को निर्वाचनसम्म देखिदैनन्”, उनले भने, “यहाँका बालबालिकाले विद्यालय जान पाएका छैनन्।” सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भने पनि विभिन्न बहानामा लिइने शुल्क तिर्न नसक्दा यहाँका बालबालिका पढाइबाट वञ्चित छन्। शुक्लाफाँटा नगरपालिकाले सुकुम्वासीहरूलाई निस्सा वितरण गरे पनि आवासका लागि जग्गा उपलब्ध गराउन सकेको छैन।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6