Above Article Ad
  • पुनर्वासमा कञ्चनपुरकै सर्वाधिक धनराशीको अरनीको सैनिक कप हुँदै

    Above Article Content Ad
  • पुनर्वास–फुटबल खेलका लागि हबका रुपमा मानिने कञ्चनपुरको पुनर्वासमा जिल्लाकै सर्वाधिक धनराशीको खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

    शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै पुनर्वास नगरपालिका–२, अरनीकोबस्तीमा रहेको अरनीको युवा क्लबले जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार सहित पाँचौ अरनीको सैनिक कप सञ्चालन गर्ने भएको हो ।

    Article inline ad #1
  • क्लबका अध्यक्ष जितबहादुर तामाङको सभाध्यक्ष तथा सुदुरपश्चिम फुटबल संघका महासचिव काशीराम बोहराको प्रमुख आतिथ्यतामा क्लबले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

    Article inline ad #2

    पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तामाङले जिल्लाकै सर्वाधिक धनराशीको पाँचौ अरनीको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता माघ १५ गतेबाट अरनीको खेल मैदानमा सञ्चालन हुने जानकारी दिए । उनले प्रतियोगितामा सहभागी हुन चाहने क्लबले माघ १२ गते ४ बजे साँझ सम्म १० हजार ईन्ट्री फी बुझाउनुपर्ने बताएका थिए ।

    प्रतियोगितामा विजेता टिमले २ लाख ६० हजार नगद र शानदार कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ३० हजार नगद र शानदार कप, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।

    त्यस्तै कार्यक्रमको प्रमुख अतिथी खेलकुद संघका महासचिव बोहराले अरनीको युवा क्लबले विगत लामो समयदेखि यस क्षेत्रको खेलकुद गतिविधिलाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्दै आएको बताए । उनले केहि समयदेखि रोकिएको सैनिक कपलाई निरन्तरता दिन तयार हुनुभएकोमा प्रतियोगिता सफलताको शुभकामना समेत व्यक्त गरे ।

    “देश विकास, अनुशासन र गतिशिलतामा युवा सशक्तिकरणका लागि खेल” भन्ने मुल नारा साथ सञ्चालन हुने प्रतियोगितामा १५ टिम सहभागी हुने अनुमान गरिएको छ ।

    वि.सं. २०४५ सालमा स्थापना भएको सो क्लबले थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन गरी आफ्नो पहिचान देखाउँदै आएको देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button