
जिवनज्योती माध्यमिक विद्यालयको वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-६ स्थित जिवनज्योती माध्यमिक बिद्यालयको ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
शनिबार एक भव्य समारोहका बीच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा बिधालयको ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय हमालको सभाध्यक्ष तथा पुनर्वासका पुर्व मेयर जिवनराज थापाको बिशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरु अतिथीमा आसिन रहनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी नगर प्रमुख शर्माले शिक्षा नै नगर विकासको पहिलो आधार भएकाले विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिका सकारात्मक रहेको जानकारी दिनुभयो ।
त्यस्तै बिशिष्ट अतिथी पुर्व मेयर थापाले विद्यालयमा ठुला ठुला भौतिक संरचना भएर मात्रै हुदैन विद्यार्थीहरुको शैक्षिक स्तर सुधार हुन सके मात्रै विद्यालयको प्रगति भएको मानिने बताउनुभयो।
विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को एक करोड तेह्र लाख बयालीस हजार चार सय पैतिस रुपैयाँको वार्षिक बजेट विद्यालयका प्रधानाध्यापक भरत कुमार बस्नेतले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममै लामो समय सम्म अध्यापन गराउनुभएका सेवा निर्वृत्त शिक्षक रामप्रसाद सुवेदीलाई स-सम्मानका साथ बिद्यालयले बिदाई पनि गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक सेते बिश्वकर्माको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन शिक्षकहरु सेते बिश्वकर्मा, चन्द्र प्रसाद ढकाल र युबराज सुयलले गर्नुभएको थियो ।