Above Article Ad
  • कैलालीमा ६ फरार प्रतिवादी पक्राउ

    Above Article Content Ad
  • कैलाली- कैलालीमा ६ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिबाना ठहर भई फरार रहेका ६ जना आइतबार पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा लागुऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षका रोहित चौधरी, चोरी मुद्दामा ५० हजार जरिवाना तोकिएका बर्दगोरिया गाउँपालिका-४ बस्ने ३१ वर्षका सरोज चौधरी र चोरी मुद्दामै १ लाख ५० हजार जरिबाना तोकिएका सोही ठाउँका २८ वर्षका शाहिल चौधरी रहेका छन् ।

    Article inline ad #1
  • त्यसैगरी बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा ४५ हजार रुपैयाँ जरिबाना तोकिएका बर्दगोरिया-५ बस्ने ३४ वर्षका चन्द्र भुल, बोक्सी आरोप मुद्दामा ११ महिना ८ दिन कैद सजाय १० हजार जरिबाना तोकिएका लम्कीचुहा नगरपालिका-३ स्थायी वतन भई हाल बर्दियाको गेरुवा गाउँपालिका-३ बस्ने ४१ वर्षका प्रेम चौधरी र सोही मुद्दामा ११ महिना ५ दिन कैद सजाय १० हजार रुपैयाँ जरिबाना तोकिएका गेरुवाकै ४१ वर्षका प्रेम चौधरी पक्राउ परेका छन् ।

    Article inline ad #2

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रदेश प्रहरीले बताएको छ ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button