Above Article Ad
  • प्रतिभा बहुमुखी सहकारी संस्थाको २८औं बर्षिक साधारण सभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा रहेको प्रतिभा बहुमुखी सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा तथा ११ औ अधिवेशन सम्पन्न भएको छ ।

    शनिबार एक भव्य समारोहका बीच पुनर्वास-६ स्थित किसान जागरण सहकारी संस्थाको सभा हलमा सहकारीको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • साधारणसभामा संस्थाका अध्यक्ष विश्वनाथ बिष्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका पूर्व नगर प्रमुख जीवनराज थापाको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै, विशिष्ट अतिथिमा पुनर्वास नगरपालिका पूर्व उप मेयर शारदा बिष्ट, पुनर्वास नगरपालिकाका सहकारी शाखा अधिकृत धौलाराम सार्की, पुनर्वास सहकारी संस्थाका अध्यक्ष भरतबहादुर बिष्ट, जेष्ठ नागरिक झम्कनाथ सुवेदी हुनुहुन्थ्यो ।
    त्यसैगरी,अतिथिमा पुनर्वास नगरपालिका ६ नम्बर वडाका पूर्व अध्यक्ष वीर बहादुर बोगटी,सहकारी नगर समन्वय पुनर्वासका अध्यक्ष शंकर केसी,दलित सहकारीका अध्यक्ष राजकुमार रायमाझी अतिथिमा रहनुभएको थियो।

    Article inline ad #2

    साधारण सभामा आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिबेदन, आयव्यय र आर्थिक बर्ष २०८३/०८४ को प्रस्तावित आयव्यय तथा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

    सहकारीले आर्थिक बर्ष २०८१/०८२ मा २ करोड ४६ लाख ४९ हजार ५ सय ८६ रुपैयाँको कारेबार गरेको संस्थाका व्यवस्थापक नवराज सुवेदीले जानकारी दिनुभयो ।

    वार्षिक साधारण सभा कार्यक्रममा बचत शेयर सदस्य ४ जनालाई सम्मान गरिएको थियोे । दैनिक बचतकर्ता तर्फबाट राजु कुमार श्रेष्ठ , मासिक बचतकर्ता तर्फबाट हरिकृष्ण खनिया, असल कर्जा तर्फबाट धनबहादुर राना ,एक मुष्ट बचतकर्ता तर्फबाट विष्णु माया भण्डारी सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

    साधारण सभामामा प्रमुख अतिथीको तर्फबाट बोल्नुहुँदै पुनर्वास नगरपालिकाका पूर्व नगर प्रमुख जीवनराज थापाले सहकारी सफलताको शुभकामनासँगै एउटै उद्धेश्य बोकेका सहकारीहरु मर्जगर्न आवश्यक रहेको बताउनुभयो ।

    • कार्यक्रममा शेयरसदस्यहरुको बाक्लो सहभागीता थियो भने कार्यक्रमको संचालन व्यवस्थापक नवराज सुवेदीले गर्नुभएको थियो ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by