Above Article Ad
  • सुदुरपश्चिमका पुर्व अर्थमन्त्री तामाङले गरे नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान

    Above Article Content Ad
  • पुनर्वास- पुनर्वास नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।

    बिहीबार पुनर्वास नगरपालिका-६ स्थित न्यु सम्राट रेष्टुरेन्टको सभाहलमा सुदुरपश्चिमका पुर्व अर्थमन्त्री तारालामा तामाङले पुनर्वासका नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको हो ।

    Article inline ad #1
  • सम्मान कार्यक्रममा बोल्दै पुनर्वास-११ का वडाध्यक्ष तुलसी अर्यालले कुनै एक दलबाट निर्वाचनमा उभिएपनि अब हामी सबै दलका प्रतिनिधि भएको बताए । उनले हामी निर्वाचित जनप्रतिनिधिलाई विशेष शुभकामना र बधाई कार्यक्रम राख्नु भएकोमा माननीय तामाङलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

    Article inline ad #2
  • त्यस्तै उपमेयर भुलिया रानाले हामी जनताका समस्याका विषयमा केन्द्रित भई भेदभाव रहित निरन्तर सेवा दिनमा तयार रहने बताईन । उनले कार्यक्रम आयोजना गर्ने माननीय तामाङलाई धन्यवादसंगै पुनर्वासको विकासमा हामी सबै लाग्नुपर्ने बताईन ।

    त्यसैगरी नगर प्रमुख तोयप्रसाद शर्माले जनतालाई विकास दिनमा हामी जनप्रतिनिधिले कुनै कन्जुस्याइँ गर्न नहुने बताए ।
    पुर्व मन्त्री तामाङलाई धन्यवाद व्यक्त गर्दै उनले माया, मोह, स्नेह र सुझाव दिदै कार्यकालमा सहजता बनाउनु हुनेछ भन्ने कुरामा ढुक्क रहेको जानकारी गराए ।

    सुदुरपश्चिमका पुर्व अर्थमन्त्री तारा लामा तामाङले
    जुनसुकै पार्टीबाट आएपनि पहिलो कर्तव्य जनताको सेवा नै भएको तर्क दिए । उनले नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई दिन पाउदा आफु अत्यन्तै खुशी भएको बताए ।

    “पुनर्वासका हरेक विकास कार्यमा हाम्रो समन्वय र सहकार्य हुन जरुरी छ ।” उनले भने, “हरेक निर्णय ऎन, नियममा रहेर गरौं ,हामी सबैको चहना एउटै हो ।”

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button