दोधाराको बाबाथान स्थित लक्ष्मी माध्यमिक बिधालयको प्रधानाध्यापकमा उपाध्याय
दोधारा – कञ्चनपुरको पश्चिमी क्षेत्र दोधारा चाँदनी नगरपालिका–७, बाबाथान स्थित श्री लक्ष्मी माध्यमिक बिधालयको प्रधानाध्यापकमा रमेश प्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ ।
बिधालयमा सुरुमा वि.स. २०६० देखि २०६२ सम्म प्राथमिक तहमा तीन वर्ष अध्यापन गराई पछि वि.सं. २०६५ सालमा उच्च माध्यमिक तह सञ्चालनमा आएपछि पूर्णकालिन अनुदान दरबन्दीमा नियुक्त भई अध्यापन गराईरहेका शिक्षक उपाध्यायको असल व्यवहार र बिधालयको शैक्षिक सुधार प्रतिको लगनशिलतालाई मध्यनजर गर्दै प्रधानाध्यापकको जिम्मेवारी दिईएको हो ।
हाल माध्यमिक तह (११ र १२) मा लेखा विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक उपाध्यायलाई बिधालय व्यवस्थापन समितिको निर्णय अनुसार फाल्गुन ८ गते देखि प्रधानाध्यापकको जिम्मेवारी दिईएको छ ।
शिक्षक उपाध्यायलाई वडाका जनप्रतिनिधि, बिधालय व्यवस्थापन समितिका पदाधिकारी, पिटिए पदाधिकारी र शिक्षक कर्मचारी तथा बिधार्थीहरुको सर्वसहमती अनुरुप नियुक्त गरिएको हो ।
वि.सं. २०७८ बैशाखमा कोभिडका कारण तत्कालिन प्रधानाध्यापक लोकराज भट्टको स्वर्गारोहण पछि विधालयमा तीन प्रधानाध्यापक परिवर्तन भएको बुझिएको छ । सो बिधालय दोधारा चाँदनी क्षेत्रकै पहिलो बिधालय हो ।