Above Article Ad
  • सुर्खेतका स्थानिय तहका प्रमुखहरुलाई वातावरणिय अध्ययन सम्बन्धि तालिम

    Above Article Content Ad
  • सुर्खेत । सुर्खेत जिल्लाका स्थानिय तहका प्रमुखहरुलाई वातावरणिय अध्ययन सम्बन्धि २ दिने तालिम दिइएको छ । कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन अनुसन्धान तथा तालिम केन्द्र र USAID जल जंगलको संयूक्त आयोजनमा संचालन भएको हो ।

    सुर्खेतका चिङ्गाड, चौकुने, बराहताल, सिम्ता गाउँपालिका, बिरेन्द्रनगर, पञ्चपुरी, गुर्भाकोट, भेरिगंगा, लेकबेसी नरपालिकाका प्रमुख तथा उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, सामुदायिक बन उपभोक्ता महासंघ तथा कर्मचारीहरु लगायत ४० जनाको सहभागिता रहेको USAID जल जंगलका बरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले जानकारी गराउनु भयो ।

    Article inline ad #1
  • कर्णाली प्रदेशमा हुन गईरहेको लगानी सम्मेलनमा पनि हाम्रो मन्त्रालय अन्र्तगत बातावरण संरक्षण तथा पर्यटन छेत्रमा के कस्ता काम गर्न सकिन्छ भन्ने सल्लाह सुझाव समेत लिने योजना रहेको र बातावरण संरक्षण स्थानिय तहको सहकार्य समन्वय विना सम्भव नरहेकोले सबैलाई हातेमालो गर्न प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बि.सीले आग्रह गर्नु भयो ।

    Article inline ad #2

     

     

    कार्यक्रममा सुर्खेत जिल्लाका ९ ओटै स्थानिय तहका प्रमुख तथा उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिहरुको सहभागिता रहनुका साथै जिल्ला वन कार्यलयका प्रमुख तथा जिल्ला समन्वय समितीका उप प्रमुखको सहभागिता रहेको USAID जल जंगल परियोजनाका टिम लिडर भुपेन्द्र शाहीले जानकारी दिनु भयो ।

    कार्यक्रममा स्थानिय निकायहरुले भोग्दै आएका वातावरण संरक्षण, बिषेश गरेर जग्गा प्राती, ढुंगा गिटी उत्खनन लगाएतका समस्याहरुको बारेमा छलफल भई आगामी दिनमा सो समस्याहरुको निराकणका लागि आबश्यक पहल कदमी प्रदेश सरकारले लिन आबश्यक रहेको सहभागिहरुले बताएका थिए ।

     

    विकासकार्यहरु गर्दा वातावरणिय पक्षहरु महत्तवपूर्ण भुमिका हुने, वातावरणिय पक्षलाई ध्यान दिदा विकास निर्माणका कार्यहरु दिगो हुनुका साथै वातावरणिय कानुनको प्रभावकारी कार्यन्वयनका लागि समेत तालिमको औचित्यता रहेको कार्यक्रमका वक्ताहरु भनाइ रहेको थियो ।

    तालिमले वातावरणयी संरक्षण सम्बन्धी स्पष्टता ल्याएको कुरा चौकुने गा.पा. अध्यक्ष खड्क वि.क. ले जानकारी दिनु भयो ।

     

    कार्यक्रममा कुनै पनि विकास योजना कार्यन्वयन गर्दा बाताबरणी अध्ययन अनिवार्य रुपमा गरिनु पर्ने व्यवस्था कर्णाली प्रदेश वातावरण संरक्षण ऐन, नियमावली,२०७७ तथा संघिय वातारण संरक्षण ऐन २०७६ नियमावली २०७६ ले बोलेको भए पनि यसको प्रभावकारी कार्यवन्यन हुन नसकेको अवस्थामा स्थानिय तहका जिम्मेवार व्यक्तित्वहरुलाई यस सम्बनधी तालिम दिन लागिएको प्रदेश वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र बासुकलाले जनकारी दिनु भयो ।

    प्रदेश वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र बासुकलाको सभापतित्वमा भएको तालिमको उद्घाटन कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बि.सीले गनु भएको थियो । वातावरणविद निरञ्जन श्रेष्ठ तथा कानुन अधिकृत, खगेन्द्र कुमार खत्रीले तालिमको सहजिकरण गरेका थिए ।

    यस्तै तालिम अवधिमा उठेका विषयमा प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत मोहन बहादुर रावत, कानुन अधिकृत, खगेन्द्र कुमार खत्री लगायतले थप प्रस्ट पार्नु भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by