
पुनर्वासको प्यारातालमा माछाको प्रतिमा निर्माण गर्न नागरिक अभियान सुरु
पुनर्वास ,
कञ्चनपुरको पुनर्वास नगरपालिका ९ स्थित प्यारातालमा पर्यटन प्रवर्द्धनका लागि तालको प्रतिमा निर्माणका लागि नागरिक स्तरबाट अभियान सुरु गरिएको छ ।
प्यारा तालको ऐतिहासिक पहिचान स्थापित गराउदै आन्तरिक पर्यटकहरुलाई आकर्षित पार्न आबश्यक संरचना निर्माणका लागि नागरिक स्तरबाट अभियानको सुरुआत गरिएको छ ।
नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश पार्षद समेत रहेका पत्रकार दीपेन्द्र बस्नेतले नगर , प्रदेश र केन्द्रिय सरकारले नचिनेको प्यारातालको पहिचान र बिकासमा नागरिकहरुको पहल जरुरी रहेकाले साथ , सहयोग र साहायताको अपिल गर्दै असार २० गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए ।
पत्रकार बस्नेतले प्यारातालको पहिचानका लागि माछाको प्रतिमा निर्माणका लागि दर्जन बढी ब्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।
छोटो समयमा नै देश बिदेशमा रहेका पुनर्वासी नागरिकहरुबाट ४२,१३७ रुपैया आर्थिक साहायता जुटेको अभियन्ता बस्नेतले बताए । प्यारातालमा पर्यटन बिकासको आधार थुप्रै भए पनि पर्यटन प्रवर्द्धनको जिम्मेवारी बोकेका निकायहरुको मौन देखिए पछि स्वत: स्फुर्त रुपमा नागरिक स्तरबाट अभियान चलाउनु परेको पत्रकार बस्नेतले बताए ।
सो अभियानमा बुद्धिमान तामाङले ५,५०० , दधिराम गौतमले ५,१०० , अर्जुन बोगटी ५,१०० , करण भाट क्षेत्री ५००० , बिष्णु शर्मा ३०००, नारायण सुवेदी ३००५ , बुद्धि कटुवाल २५००, मानबहादुर धामी २१२१ , कृष्ण जैसी २१००, दीपक सुनार २१००, मनिराम खानाल २००० , पत्राकार केशव भट्टराई ११११ , राजेन्द्र बराल १००० , अर्जुन केसी १००० , श्रीराम हमाल १००० र भुपेन्द्र बस्नेतले ५०० आर्थिक सहयोग गरेका छन् ।