
कंचनपुर-१ को प्रदेश (१) मा एमालेका थापा र (२) मा काङ्ग्रेसका बिष्ट विजयी
Above Article Content Ad
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (१)मा नेकपा एमालेका बिरबहादर थापा विजयी भएका छन्।
प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानालाई पराजित गर्दै थापा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
Article inline ad #1
अन्तिम मतपरिणाम अनुसार थापाले १२ हजार ३ सय ५९ मत पाएका छन् भने रानाले ११ हजार ६ मत ल्याएका छन्।
Article inline ad #2
त्यस्तै निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२) मा गठबन्धनबाट नेपाली काङ्ग्रेसका उम्मेदवार दिवान सिंह बिष्ट विजयी भएका छन् ।
बिष्टले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका पल्लबराज भट्टलाई १ हजार ५ सय १७ मतले पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेलडाँडी र बेलौरीको जम्मा मत परिणाम अनुसार बिजयी भएका बिष्टले ८ हजार ५ सय २० मत प्राप्त गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad