
पुनर्वासका सन्तोष तामाङ भारतीय सेनाको लेफ्टिनेन्ट ओहदामा पुग्न सफल,नगरप्रमुख शर्माबाट सम्मानित
Above Article Content Ad
- पुनर्वास -कंचनपुर पुनर्वासका सन्तोष तामाङ भारतीय सेनाको लेफ्टिनेन्ट ओहदामा पुग्न सफल भएका छ्न ।
पुनर्वास नगरपालिका वडा नं २अरनिको बस्ती निवासी थरकेप तामाङका कान्छा सुपुत्र सन्तोष तामाङ कञ्चनपुर जिल्लाबाट भारतीय सेनाको लेफ्टिनेन्ट ओहदामा पुग्ने पहिलो व्यक्ति बनेका हुन्।
उनले प्राप्त गरेको उपलब्धि प्रति गौरव व्यक्त गर्दै शुक्रबार एक विशेष समारोहका बीच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले सन्तोष तामाङ र उनकी धर्मपत्नी मानकी तामाङलाई दोसल्ला ओढाएर तथा मायाको चिनो दिएर सम्मान गर्नुभएको थियोे ।
कार्यक्रममा नगरप्रमुख शर्माले सन्तोषको सफलता सम्पूर्ण नगरवासीका लागि प्रेरणादायी भएको उल्लेख गर्दै, आगामी दिनमा अझ प्रगति, उन्नति र सफलताको दिशामा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।
सम्मान कार्यक्रममा नगरका विभिन्न वडाका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू तथा तामाङ परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।
Article inline ad #1
सन्तोष तामाङको यो उपलब्धिले पुनर्वास नगरपालिका मात्र होइन, सम्पूर्ण कञ्चनपुर जिल्ला र नेपाली समुदायको शान बढाएको भन्दै स्थानियवासीहरूले गर्व व्यक्त गरेका छन्।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















