Above Article Ad
  • बाजुरा कारागारका कैदीबन्दीलाई नेपालगञ्ज र अछाम सरुवा

    Above Article Content Ad
  • बाजुरा-बाजुरा कारागारमा रहेका कैदीबन्दीलाई नेपालगञ्ज सरुवा गरिएको छ। कारागार बाजुरामा अहिले ४९ कैदीबन्दी र १८ जना थुनुवा छन् । यसमा १८ जना थुनुवालाई अछाम र ४९ जना कैदीबन्दीलाई नेपालजञ्ज पठाएको हो।

    यतिबेला कारागार विभाग व्यवस्थापन काठमाडौँले सो पत्रचारको आधारमा यहाँका कैदी बन्दीलाई नेपालगञ्ज सुरुवा गर्न अनुमति दिएपछि बाजुराका सबै कैदीबन्दीलाई नेपालगञ्ज पठाएको कारागार बाजुराले जनाएको छ।विंस.२०३७ मा २५ जना कैदी राख्ने क्षमताको कारागारमा हाल ६७ जना कैदी तथा थुनुवा बस्ने गरेका थिए। कैदीबन्दीले पटक–पटक कारागार पुरानो र जीर्ण बन्दै गएको र यसको मर्मत सम्भार गर्नुपर्ने माग राख्दै आएका थिए।

    Article inline ad #1
  • सघन सहरी विकासअन्तर्गतको पुनर्निर्माण प्राधिकरणको नौ करोड ३५ लाखमा यतिबेला बाजुरामा सुविधासम्पन्न कारागार निर्माण हुने प्रशासक अनिलकुमार तिवारीले बताए। उनले भने, “यसको सबै टेन्डर भएर असोजदेखि यसको काम सुरु हुने भएको छ। भवन निर्माणका लागि सघन सहरी विकास कार्यालय डोटीले जिम्मा लिएको छ। त्यसले सबै काम सम्पन्न गरेपछि मात्र हामीले त्यसलाई अनुगमन गर्दै स्वीकृत गर्ने मात्र हो।”

    Article inline ad #2

    अहिलेको नयाँ बन्ने कारागारमा ७५ जना पुरुष र २५ जना महिला गरी जम्मा सय जना क्षमताको कारागार बन्ने भएको छ। यसको बाहिर प्रशासन, सुरक्षागार्ड भवन, शौचालय र  पर्खालभित्र खेल मैदान, खानेपानी र भौतिक संरचनाहरु रहने गरी नयाँ कारागार बन्न लागेको तिवारीले बताएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6