
पुनर्वासमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्दै मनाईयो ११४ औं महिला दिवस
पुनर्वास : महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ ११४ औ महिला दिवसको कंचनपुरको पुनर्वासमा सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिकाको कार्यालय, वार्ड नम्बर २ र ३ को संयुक्त आयोजनामा विविध क्षेत्रमा योगदान पुर्याएका महिलाहरु, पत्रकार र साबिक कालिका गाबिस भित्रका ३३ जना महिला स्वास्थ्य स्वयम् सेबिकाहरुलाई सम्मान गरिएको थियो ।
त्यस सगै प्रतिभा प्रस्फुटन र देउडा समेत खेल्दै दिवस मनाएको कार्यक्रमको संयाेजक शुशिला खत्रीले जानकारी दिनुभयो । महिला दिवस भएपनी आफ्नो क्षेत्रमा राम्रो काम गरेको आधारमा पुरुषहरुलाइ पनि सम्मान गरिएको बताउनु भयो । यसो गर्दा हरेक क्षेत्रमा समानता कायम हुने उहाँको तर्क छ ।
प्रमुख अतिथीको आसनबाट कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले महिला दिवस दिवसमा मात्रै नभई अब ब्यवहारमा उतार्नु पर्ने बताउनुभयो । आफ्नो जिवनको भोगाई र आफुले भोगेका समस्यहरु बताउदै महिलाको हरेक क्षेत्रको बिकासमा परिवारको साथ महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाले पालिका बाट पनि महिलाको क्षमता बिकास, सिपमुलक कार्यक्रम लगायत विभिन्न किसिमको तालिमहरु पनि दिदै आएको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै पुनर्वास २ को वार्ड सदस्य मनकामना शाहिले दिवसले नै महिला पुरुषमा आसमान ल्याएको बताउनुभयो । उहाले पुरुषलाई हरेक क्षेत्रमा महिलाले साथ दिने तर महिलाले केही गरौं भन्दा कसैको साथ नमिल्ने गरेको बताउनुभयो । महिला पुरुष समान भएकाले सरकारले पुरुष दिवस पनि मनाउनु पर्नेमा उहाँको तर्क छ ।
यस्तै कार्यक्रम बोल्दै कालिका स्वास्थ्य चौकिको प्रमुख मन्जु खड्काले महिलालाई चुलोचौकोमा मात्रै नराखी सबै अभिभावकले आफ्नो बालबालिकाको शिक्षामा कुनै किसिमको सम्झौता नगर्न आग्रह गर्नुभयो । उहाले पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सहभागी बढेको बताउदै अवसर पाए जे गर्न पनि तयार हुने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले पछिल्लो समय केही न केही परीवर्तन हुँदै गएको बताएका छन । महिलाले कोक्रो हल्लाउने मात्रै नभई बिश्व हल्लाउन सक्ने सामर्थ्य राख्ने बताएका छन् ।
कार्यक्रममा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्री माया तामाङ, धनमाया गुरुङ र बासुमाया तामाङलाई सम्मान गरिएको छ । यस्तै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने शोभा देउबा मन्जु खड्का र राजेन्द्र भट्टलाई सम्मान गरिएको छ । कृषि क्षेत्रमा योगदान पुर्याउने फुलमाया तामाङ , एकल महिला सीता राना, अटो चालक महिला पार्वती बुढा र अपांगता भएको ब्याक्तित्व बेलु दमाईलाई सम्मान गरीएको थियो । यस्तै साना किसान कालिकाका प्रबन्धक चिरमाया तामाङ र बिश्वखोज दैनिक पत्रीकाका सहसम्पादक केशब भट्टराईलाई सम्मान गरिएको थियो । यो सगै ३३ जना महिला स्वास्थ्य स्वयम् सेबिकालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत महिला कर्मचारी, महिला अधिकारकर्मी, महिला स्वास्थ्य स्वयम् सेबिका, स्थानिय महिला, बिद्यार्थी तथा बालबालिकाहरु, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मिरा चन्दले गर्नु भएको थियो । यस्तै पुनर्वासको वार्ड नम्बर ६ मा पनि महिला दिवसको अवसर पारेर बिभिन्न कार्यक्रम गरिएको पुनर्वास ६ का वार्ड अध्यक्ष मित्र सिह लामाले जानकारी दिनुभयो ।