Above Article Ad
  • श्रीमती कुट्ने सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक पुर्पक्षका लागि कारागार चलान

    Above Article Content Ad
  • धनगढी: पत्नी कुटेर सिकिस्त बनाउने सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक पुर्पक्षका लागि कारागार चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतले महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

    बिहीबार न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो।

    Article inline ad #1
  • केही समय अगाडि श्रीमती कुटपिटको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक भट्टलाई प्रहरीले पक्राउ गरेको थियो।

    Article inline ad #2

    गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गर्दै ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । उनी मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत हुन्। घरायसी विवादका क्रममा उनले पत्नीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by