नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न
पुनर्वास
श्री नव ज्योति आमा समूह एवम महिला जागरण चौतारीको चौथो साधारण सभा सम्पन्न भएको छ ।
समुहकी अध्यक्ष विष्णु माया कोइरालाको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।
प्रमुख अतिथिको आसनमा पुनर्वास नगरपालिकाकी नगर उप प्रमुख भुलिया कुमारी राना, बिशिष्ट अतिथिमा मित्र सिंह लामा, हरि प्रसाद अधिकारी, राम बहादुर धामी, रिता मल्ल, भरत कुमार बस्नेत रहनु भएको थियो भने अतिथिमा समुहका सम्पुर्ण पदाधिकारी र पत्रकारको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख भुलिया कुमारी रानाले यस समुहले कुनै पनि कार्य गर्दा टोल गत कार्य नगरेर सम्पुर्ण वडाका लागि हुने कार्य गर्नुहोला र त्यस्तो कार्य गर्दा वडा अध्यक्ष सङ समन्वय गरेर अगाडि बढ्नु भयो भने म मेरो ठाउँ बाट गर्ने सहयोगका सधै तत्पर रहने बताउनु भयो ।
समुहले विभिन्न किसिमका आय आर्जनका उपाय र खोज सचेतना कार्यक्रम, जेहन्दार र निम्न वर्गका बिद्यार्थिलाइ कापी, कलम वितरण कार्यक्रम, नगरपालिकाको कार्यालय परिसर र वडा कार्यालय परिसर सर-सफाई कार्यक्रम, स्वास्थ्य शिविर सञ्चाल, गते हरितालिका तिज कार्यक्रम, वार्षिक भजन कृतन कार्यक्रम, ८५ वर्ष उमेर देखि माथीका वृद्धहरुलाई सम्मान कार्यक्रम, वृक्ष रोपण कार्यक्रम र विद्यालय सरसफाई कार्यक्रम जस्ता कार्यक्रम गर्ने गरेको समुहकी अध्यक्ष विष्णु माया कोइरालाले बताउनु भयो ।
समुहले वार्षिक रुपमा विभिन्न शिर्षकमा २,४८,००० आम्दानी गरेको छ भने विभिन्न शिर्षकमा २,३०,००० खर्च गरेको जानकारी लेखा सयोजक गिता पौडेलले बताउनु भयो ।
समुहको उपाध्यक्षको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम समुहकि सचीव सुशिला पण्डितले गर्नु भएको थियो ।