Above Article Ad
  • पुनर्वासमा पहिलो पटक शल्यक्रिया मार्फत बाख्राको उपचार

    Above Article Content Ad
  • पुनर्वास– बाख्राको अपरेशनद्वारा उपचार गरिएको कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर कञ्चनपुरको पुनर्वास नगरपालिकाको पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिकको टिमले व्यक्तिगत लगानीमा गर्भावस्थामा बाख्रामा देखिएका जटिल समस्याको शल्यक्रिया मार्फत उपचार गर्दै आएका छन् ।

    पशु सेवा केन्द्र पराशनका नायब पशु प्राविधिक प्रकाश अधिकारीको नेतृत्वमा पशु प्राविधिक भोगाराम राना र लोकेश साउँदले घरदैलोमै पुगेर निःशुल्क रुपमा बाख्राको अपरेशन पद्धतीबाट उपचार गर्दै आएका हुन् ।

    Article inline ad #1
  • अपरेशन मार्फत गरिएको उपचार पुनर्वासका लागि नौलो र पहिलो उपचार पद्धती भएको पशु सेवा केन्द्र पराशनका नायब पशु प्राविधिक अधिकारीले जानकारी दिए ।

    Article inline ad #2

    पशु प्राविधिक अधिकारीले पुनर्वास नगरपालिका १ ढक्कामा एक बाख्रा र पुनर्वास नगरपालिका १० विकासबस्तीमा दुई बाख्राको अपरेशन मार्फत पाठाहरु सकुशल निकाली निः शुल्क उपचार गरिएको बताए ।
    आर्थिक उद्धेश्यले नभएर पशुमा हुने क्षतिलाई रोक्न र पुनर्वासमा अपरेशन मार्फत उपचार गराउने पद्धतीको सुरुवात गराउन आफूहरु रातीको दश बजेसम्म पनि घरमै पुगेर उपचार सेवा दिँदै आईरहेको उनको भनाई छ ।

    नगरपालिकाले तोकिएको जिम्मेवार कार्यक्षेत्र भन्दा फरक कार्यक्षेत्रमा पुगेर तिनै जना पशु प्राविधिकको टिमले संयुक्त रुपमा काम गर्दै आएका छन् ।

    यसरी पशुको अपरेशनका माध्यमबाट उपचार हुँदै गए कृषकलाई राहतसँगै नगरपालिकाको पशु सेवा विकासमा पनि टेवा पुग्ने देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by