
कञ्चनपुरमा बेवारिशे अवस्थामा छाडीएको कुखुरा र माछा नष्ट
बि.ओ.पी. डोकेबजारद्धारा २ महिनामा १ लाख ७६ हजार बराबारको अवैध सामान पक्राउ
कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याई बेवारिशे अवस्थामा छाडीएको कुखुरा र माछा नष्ट गरिएको छ । पुनर्वास ११ डोकेबजार क्षेत्रबाट सशस्त्र प्रहरीले भारतीय अबैध बोइलर कुखुरा र माछा बरामद गरेर नष्ट गरेको हो । बिहीबार बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरिक्षक गंगाराम भट्टको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले ३० हजार मुल्य बराबरको कुखुरा र माछा बरामद गरी नष्ट गरेको जनाएको छ ।
बेवारिसे अवस्थामा ४० किलोग्राम बोइलर कुखुरा र ६० किलोग्राम माछा बरामद गरेर नष्ट गरिएको छ । बरामद कुखुरा र माछालाई, जनप्रतिनिधि, पत्रकार र स्थानीयको रोहबरमा नष्ट गरिएको बोर्डर आउट पोष्ट डोकेबजारले जनाएको छ । यस्तै बोर्डर आउट पोष्ट डोकेबजारले २ महिनाको अबधिमा १ लाख ७६ हजार ६ सय बराबारको अवैध सामान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी निरिक्षक गंगाराम भट्टले कमाण्ड समाले यता ६५ हजार मुल्य बराबरको लत्ताकपडा, २४ हजार मुल्य बराबरको भिक्स, र १८ हजार मुल्य बराबरको सुर्तीजन्य पदार्थ पक्राउ गरी भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै, ३९ हजार ६ सय मुल्य बराबरको १ सय ९८ मिटर थ्रि कोर फल्याट केबल (कपर वायर) सहित एक जना पक्राउ गरीएको बोर्डर आउट पोष्ट डोकेबजारले जनाएको छ ।