
सामुदायिक विधालयले लिएको शुल्कका विषयमा पुनर्वास नगरपालिकाको ध्यानाकर्षण
पुनर्वास–सामुदायिक बिधालयहरुले बिधार्थी भर्नाका नाममा शुल्क लिएको विषयमा नगरपालिकाले ध्यानाकर्षण देखाएको छ ।
बिहिबार पुनर्वास नगरपालिका कार्यालयले एक सुचना जारी गर्दै सामुदायिक बिधालयलाई निःशुल्क शिक्षा कार्यान्वयन गर्न अनुरोध साथ पत्राचार गरेको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ एवं अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ बमोजिम माध्यमिक तहसम्मको व्यवस्था भएपनि पुनर्वासका अधिकाँश बिधालयहरुले सहयोगका नाममा नियम विपरित कक्षा अनुसार फरक मुल्य अभिभावकहरुबाट लिने गरेको देखिएको छ ।
शुल्क लिएको विषयमा पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले भर्नाका नाममा विधालयले अभिभावकबाट लिएको शुल्क र्फिता गर्नुपर्ने बताएकी छन् ।उनले नियम विपरित शुल्क नलिन सामुदायिक बिधालयहरुलाई अनुरोध समेत गरेकी हुन् ।
त्यस्तै शिक्षा शाखा प्रमुख शिवराज भट्टले शुल्क तिर्न नसकी बिधार्थीहरुले पढाई छाड्नुपर्ने अवस्था जस्ता गुनासा बढेकाले स्वच्छिक रुपमा बिधालयलाई आउने सहयोग बाहेक नियम विपरित शुल्क लिन नहुने बताए ।
तर यता सामुदायिक बिधालयहरुले भने सरकारले निःशुल्क शिक्षा लागु गरेपनि तह अनुसारको विषयगत दरबन्दी नहँदा निजि शिक्षक राख्नुपर्ने बाध्यताले अभिभावकहरुबाट सहयोेग वापत सामान्य रकम लिई खर्च व्यवस्थापन मिलाएको बताउने गरेका छन् ।