भिमबस्ती : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नंम्वर १० मा रहेको भिमविकास युवा समाज पुनर्वासको आयोजनामा खुल्ला प्रथम टी–२० क्रिकेट प्रतियोगीता सूरु भएको छ ।
मंगलबार बाट सूरु भएको प्रतियोगीता माघ ९ गतेसम्म चल्नेछ । प्रतियोगीमा १४ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगीको प्रथम पुरस्कार २२ हजार २ सय २२ रुपैया, ट्रफि र प्रमाणपत्र र द्धितिय पुरस्कार ११ हजार १ सय ११ रुपैया, ट्रफि र प्रमाणपत्र रहेको भिमविकास युवा समाज पुनर्वासका अध्यक्ष कपिल जोशीले बताउनुभयो ।
प्रत्येक खेलमा म्यान अफ द म्याच लाई पुरस्कार संगै खेल अवधिभरमा उत्कृट बलर, उत्कृष्ट ब्याटर, उत्कृट अलराउण्डर, तथा म्यान अफ द टुर्नामेण्टलाई बिशेष पुरस्कारको ब्यवस्था गरीएको उहाँले जानकारी दिनुभयो । प्रतियोगीतामा कैलाली कञ्चनपुरबाट टिमहरु समाबेश भएका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्रथम टी–२० क्रिकेट प्रतियोगीताको उद्घाटन गरीएको थियो । प्रतियोगीताको मुख्य प्रायोजक कञ्चन पब्लिक स्कुल पुनर्वास ११ रहेको छ ।
प्रतियोगीता लालझाडी युवा क्लब ११ को खेलमैदानमा भइरहेको छ । मंगलबार उद्घाटन संगै २ खेल भएका छन् । मंगलबार योङ्ग क्यालेण्डर ब्वाइज् पुनर्वास र बिसालनगर ब्वाइज् बिच पहिलो खेल भएको थियो । योङ्ग क्यालेण्डर ब्वाइज् पुनर्वास २२ रनले विजयी भएको छ । योङ्ग क्यालेण्डर ब्वाइज् पुनर्वासले दिएको ५२ रनको लक्ष्य बिसालनगर ब्वाइज् भेट्टाउन सकेन् । जबाफी ब्याटीङ्गमा उत्रिएको बिसालनगर ब्वाइजले ३० रन बनाएर सबै बिकेट गुमाएको थियो । बिसालनगर ब्वाइज्लाई सस्तैमा समेट्न योङ्ग क्यालेण्डर ब्वाइज् पुनर्वासका खेलाडी धन सिंह जप्रेलले ४ बिकेट लिनुका साथै १७ रन जोडेका थिए । यस्तै बिवेक भट्ट र समिर बिकले समान २–२ बिकेट लिएका थिए भने टेक कुमार विष्ट र पारस बुढाले समान १–१ बिकेट लिन सफल भए । यता ब्याटीङ्ग तर्फ समिर बिक ११ रन, बिबेक भट्ट १५ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा टिम डोकेबजारलाई २४ रनले हराउदै सुदुरपश्चिम काउण्टर डोकेबजार बिजयी भएको छ । सुदुरपश्चिम काउण्टर डोकेबजारले ८३ रन बनाउदा टिम डोकेबजार ५९ रनमै समेटीयो । जितका लागी सुदुरपश्चिम काउण्टर डोकेबजारका खेलाडी दिपक राईले ३१ र अर्जुन शाहले १० रन जोडेभने अन्यले दोहोरो अंक जोड्न सकेनन् । टिम डोकेबजारलाई हराउन अमित मगर, अर्जुन शाह र अमन मण्डलले समान २–२ बिकेट लिएभने दिपक राईले ३ बिकेट लिए ।
यस्तै जबाफी ब्याटीङ्गमा उत्रिएको टिम डोकेबजारले सबै बिकेट गुमाएर ५९ रन मात्रै बनाउन सफल भयो । टिम डोकेबजारका खेलाडी अबिनाश कार्की र लेखनाथ शर्माले समान ३–३ बिकेट लिएपनी सुदुरपश्चिम काउण्टर डोकेबजारलाई हराउन सकेन् ।मंगलबार भएको पहिलो खेलमा योङ्ग क्यालेण्डर ब्वाइज् पुनर्वासका खेलाडी धन सिंह जप्रेल र दोस्रो खेलमा सुदुरपश्चिम काउण्टर डोकेबजारका खेलाडी दिपक राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगीतमा बुधबार ३ खेलहरु हुने छन् । पहिलो खेल सिटी क्लब धनगढी र सिद्धदेबि युवा क्लब भिमबस्ती बिच हुनेछ । यस्तै दोस्रो खेल बोर्डर युवा क्लब भिमबस्ती र परोपकार समाज नेपाल बिचँफाटा बिच हुने छ भने तेस्रो खेल सरस्वती युवा क्लब र टिम मित्रनगर धनगढी बिच हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?