Above Article Ad
  • कञ्चनपुरमा दुर्घटना हुँदा घाइते भएका व्यवसायीको मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर -महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा अत्तरियामा व्यवसाय गर्दै आएका कृष्णपुर नगरपालिका–७ का ३३ वर्षीय ओमप्रकाश भट्टको मृत्यु भएको हो।

    अत्तरियाबाट पश्चिमतर्फ जाँदै गरेको भट्टले चलाएको सुप प्र ०१–०१० प ५११० नम्बरको मोटरसाइकल सडकमा डोर्‍याइएको पाडोसँग ठोक्किएपछि विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००१ च ४३४७ नम्बरको स्कारपियोमा ठोक्किएको थियो।

    Article inline ad #1
  • दुर्घटनामा गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

    Article inline ad #2

    प्रहरीले पाडोधनी कृष्णपुर नगरपालिका–१ श्रीपुरका गाजीराम सार्की र स्कारपियो चालक गोदावरी नगरपालिका–१ का सुवास चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6