Above Article Ad
  • किसान बहुउद्धेश्यीय सहकारीद्वारा पुनर्वासमा केन्द्र प्रमुख गोष्ठी आयोजना

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा अवस्थित किसान बहुउद्धेश्यीय सहकारीद्वारा केन्द्र प्रमुख गोष्ठी आयोजना गरेको छ ।
    बिहिबार पुनर्वास–६, स्थित न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा पहिलो केन्द्र प्रमुख गोष्ठि एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
    कार्यक्रममा सहकारी संस्थाका सञ्चालक सदस्यसरोज कुमार शाहको सभाध्यक्षता तथा पुनर्वास नगरपालिकाकी नगरउपप्रमुख भुलियाकुमारी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अतिथीमा पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्रसिँह लामा र कार्यपालिका सदस्य शर्मिला श्रेष्ठ आसिन थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपप्रमुख रानाले सहकारीलेआफ्ना शेयरधनी तथा बचत कर्ताहरुका मर्म अनुसार चल्न सके मात्रै सहकारी प्रतिको आर्कषण बढ्ने बताईन । अहिले केहि सहकारीहरुमा भएका गतिविधिले सहकारी बदनाम भएपनि तर यो सहकारीको सिस्टम अरु भन्दा फरक रहेको सुनाईन ।

    Article inline ad #1
  • कार्यक्रममा संस्थाको प्रगतीको समिक्षा गर्दै संस्थामा आबद्ध ९ जना उत्कृष्ट काम गर्ने केन्द्र प्रमुख तथा सदस्यहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो । भने कार्यक्रमका प्रमुख अतिथी उपप्रमुख राना,अतिथी वडाध्यक्ष लामा र कार्यपालिका सदस्य श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।
    सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई सहजीकरण पुनर्वास शाखाका प्रमुख खेमराज मुडभरीले गरेका थिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by